ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको संक्रमण : २४ घण्टाको अवधिमा ७२ हजार ५ सय ६१ नयाँ संक्रमित, ४२ हजारबढीको मृत्यु


एबीसी न्यूज

काठमाडौं, १९ चैत। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म विश्वभरमा ४२ हजार १ सय १७ जनाले ज्यान गुमाएका छन् भने ८ लाख ५७ हजार भन्दाबढि संक्रमित बनेका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

बितेको २४ घण्टाको अवधिमा ७२ हजार ५ सय ६१ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ ।

उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा बितेको २४ घण्टामा थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ७ सय ५० पुगेको छ । ३ हजार ८ सय ६९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

चीनमा बितेको २४ घण्टामा नयाँ संक्रमित फेला परेको छैन भने मृत्यु पनि भएको छैन् । अहिलेसम्म चीनमा ८१ हजार ५ सय १८ संक्रमित छन् । ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com