ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनालाई हल्कारुपमा नबुझौं


abc

बसन्त राज रिजाल

विश्वमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) गत डिसेम्वर महिनाको अन्तिममा चीनको उहान सहरमा देखापरेको थियो । जुन हाल विश्वव्यापी रुपमै महामारीको रुप लिसकेको छ । चीनको एउटा प्रान्त बाट सुरु भएको यो भाइरस अहिले विश्वका ६ लाख भन्दा बढी जनसंख्यामा संक्रमण फैलिसकेको छ ३२ हजार भन्दा बढि मानिसको मृत्यु भैसकेको छ। विश्वका स्वास्थ्यका हिसावले अति विकसित र सुविधा सम्पन्न अमेरिका र इटली जस्तो देशमा यसको संक्रमणले त्यहाँका जनता अक्रान्त छन् । हाम्रो देश नेपालमा यस भाइरसको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन (WHO) ले समेत उल्लेख गरेको छ ।

नेपालमा हाल सम्म धेरै संक्रमित नभेटिएपनि हामी सुरक्षित छौ भन्ने अवस्था छैन। नेपाल सरकार साथै देश भित्र रहेका संघ संस्थाहरु सक्रिय र गम्भीर भएको देखिदैन ।सरकारले बिदेशबाट हालसालै नेपाल भित्रिएकालाई सेल्फ क्वारेन्टाइनमा बस्न दिएको निर्देशन पालना गरेको देखिदैन । उनिहरु आफै सेल्फ क्वारेन्टाईनमा बस्छौं भनी घर समाज जाने गरेका छन् । सरकारले पनि नेपाल आउदा उनिहरुले विभिन्न नाका–विमानस्थलमा आफ्नो विवरण बुझाएकाले त्यसको पालना गरे नगरेको अनुगमन गर्ने प्रभावकारी मापदण्ड हामी संग छैन । सायद उक्त त्रुटिको फाइदा उठाउदै नेपाल प्रवेश गरे र उनिहरुको लागत नेपाल सरकारले राख्न सकेन । यस्ता ब्यक्तिहरुबाट उक्त कार्य उल्लंघन गरेबाफत गम्भीर परिणाम निम्त्याएको पाईए के गर्ने भनि सरकारले अब कानूनी प्रबन्ध समेत यथाशीघ्र छिटो गर्नुपर्छ ।

समाजका केही स्वघोषित ठालु वर्ग संक्रमित भएर तिनलाई सरकारले प्रबन्ध गरेको क्वारेन्टाइनमा बस्नु पर्दा असुविधा भयो भनी बखेडा झिक्ने र त्यहाँबाट भाग्न खोज्नेहरुको संख्या भोलीका दिनमा बढ्दै जानेछ त्यस्ताको हकमा समेत के गर्ने भनी सरकारले यथाशीघ्र कानूनी प्रबन्ध गर्नुपर्यो।संचारमाध्यमले कोरोना संक्रमणको न्युज ब्रेक गर्न त्यति धेरै हतार नगरुन जसका कारण केहि संचार माध्यमले जस्तै अपुष्ट झुठो खबर आगामी दिनमा आम नागरिकमा नफैलियोस। साथै कुनै संचार माध्यमले पनि संक्रमण ब्यक्तीको ब्यक्तिगत गोपनियतालाई कायम गरि ब्यक्तिगत विवरणहरु सार्वजनिक नगरौं।

देशमा यस्तो संकटको बेलापनि निरन्तर सेवामा लागेका संचारकर्मी,स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई तत्काल राज्यले सुरक्षाका सामग्रीहरु उपलब्ध गराउनु पर्छ। अन्य देशमा सुरक्षा सावधानी अपनाएता पनि उपचारमा खटिएका डाक्टरहरु संक्रमित भएका छन् कतिको त ज्यान पनि गएको छ। तेसैले हाम्रो देशमा सरकारले अविलम्ब ती आवश्यक सुरक्षा सामग्रीहरु उपलब्ध गराउनुपर्ने हुन्छ । नत्र उपचार गर्ने चिकित्सको ज्याननै जोखिमा पर्ने निश्चित छ ।

सरकार संग स्वास्थ्यकर्मीले संक्रमितको उपचारका क्रममा लगाउनुपर्ने ब्यक्तिगत सुरक्षा उपकरण सहित कोरोना जाँच्ने कीट हाल कति परिणाममा मौज्दात छ जानकारी गराउनुपर्यो साथै नयाँ के कति परिणाममा कहिले सम्म आईपुग्ने गरि मगाईएको छ त्यो पनि जानकारी दिनुपर्छ। संघिय राजधानी काठमार्डौमा रहेको टेकुमा रहेको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल केन्द्रित कोरोना जाँचलाई पहिलो चरणमा सातै प्रदेश सम्म यथाशीघ्र विस्तार गरिनुपर्छ । कुनै नागरिकलाई कोरोनाको आशंका भए कहाँ सम्पर्क गर्ने त्यस्तो जाँच कति अवधी भित्रमा कहाँ हुने त्यो निशुल्क वा के भन्ने सम्पूर्ण जानकारी पाउनुपर्छ ।

नेपालमा ठूलो संख्याका नागरिकहरु दैनिक ज्यालादारी श्रम र त्यसैको आयमा निर्भर छ त्यसैले दुईतीन दिन तिनको श्रम बन्द हुने स्थिति आए तिनलाई दैनिक खाद्यान्न अभाव हुन जान्छ त्यसैले सबै स्थानीय तहले त्यस्ता परिवारको पहिचान गरि आवश्यक खाद्यान्न उपलब्ध गराउने ब्यबस्था यथाशीघ्र गर्न आवश्यक छ ।

आम नेपाली नागरिक अहिले जो जहाँ जुन स्थितिमा छ त्यहीँ सुरक्षित हुने भन्ने हो त्यसैले घर फर्कनै पर्ने हतारो नगरि अनावश्यक भीडभाड नगरौं। भीडभाड नगरी निश्चित दूरी कायम गरौं संक्रमणबाट आफू पनि बच्ने र अरुलाई पनि संक्रमण फैलन नदिने उपाय अबलम्बन गरौं। सूचना संचारको युगमा सबै कहाँ सूचना क्षणभरमा आईपुग्छ त्यसबाट आफू अपडेट हौं र झुटो सूचना फैलन बाट आफ्नो स्तरबाट रोकि त्यस्ता सनसनी फैलाउने शीर्षक भएका अनावश्यक सेयर नगरौं।अहिले केहि समयको लागि सरकारले लकडाउन को घोषणा गरेको छ आवश्यक पर्यो भने सरकारले निस्चित समय अवधी तोकेर स्थानीय शान्ती सुरक्षा ब्यबस्थापन अन्तर्गत प्रशासनले कर्फ्यु समेत लगाओस त्यसमा आम नागरिकले सरकारलाई सहयोग गर्नुपर्छ अनि मात्र केही मात्रमा भएपनि कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

सम्बन्धित

माफ गर्नुहोला ओली कमरेड :हजुरले भ्यु टावरको बिषयमा उठाएका कुरा अलि हजम लागेन ।

संविधानले सम्झिएका सुशील र सुवास

चिन्ता तीजको दरमा हैन, भल्गर संस्कृतिले उल्का ल्याउनुमा हो कि ?

नेपाल–चीनको पहिलो ऐतिहासिक संयुक्त वक्तव्य जसमा बिपी र चाउ एन लाइले सही गरेका थिए (पूर्णपाठ)

प्रधानमन्त्रीले अराजकता बढाए, सभापतिले कुरा सुनेनन् : शेखर कोइराला (पाठ)

उहिले र अहिलेका शासक कसरी छुट्याउने होला ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...