ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले गर्यो जाँचपास


admin

वीरगञ्ज, १० मंसिर।  भारतबाट आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ ।

भारतको विभिन्न ठाउँबाट रक्सौल नाका हँुदै नेपाल भित्रिने मालवाहक सवारी साधनको भार क्षमतमा बढी भए पनि भन्सार कार्यालयले आँखा चिम्लेर जाँचपास गरी छुटाइदिने गरेको छ ।

क्षमताभन्दा बढी सामान बोकेका मालवाहक सावारीसाधनको भन्सार नगर्ने कानूनी व्यवस्था भए पनि उक्त कानूनलाई थाती राखी भन्सार कार्यालयले धमाधम अवैध कार्यलाई वैधानिकता दिँदै आइरहेका कारण नेपाली व्यवसायी मारमा परेका छन् ।

यातायात व्यवस्था विभागअन्तर्गत रहेको मालवाहक सवारीसाधनको भारबहन नियमसम्बन्धी कार्यविधि २०७१ अनुसार आयातित सामानको भारबहन क्षमता मिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सार कार्यालयले इजाजत दिनुपर्ने व्यवस्था रहेको छ । तोकिएभन्दा बढी भारबहन क्षमताका सवारीसाधनलाई इजाजत दिनुपरेमा यातायात व्यवस्था विभागको स्वीकृत लिएर मात्र भन्सार काट्नुपर्ने प्रावधान रहेको छ । तर भन्सार कार्यालयले उद्योगी व्यवसायीको प्रभावमा परी उक्त नियम तथा ऐनविपरीत भन्सार काट्ने गरेको नेपाली व्यवसायीको गुनासो छ ।

सरकारले १२ चक्के गाडीलाई २१ टन, १० चक्के गाडीलाई १७ टन, छ चक्के गाडीलाई १० टन र १४ चक्के गाडीलाई २५ टन मात्र बोक्नसक्ने कानूनी व्यवस्था गरे पनि भारतीय नम्बर प्लेटका गाडीले ४० टनसम्म समान ल्याउँदा पनि भन्सार कार्यालयले भन्सार काट्ने गरेको तराई यातायात व्यवसायी संघ सिमरा बाराका महासचिव शंकरकुमार विष्टको आरोप छ ।

दैनिक एक हजारभन्दा बढी मालवाहक ट्रक भारतबाट नेपाल भित्रिने गरेको छ । भन्सारले बढी भार भएको मालवाहक सवारीसाधनलाई नियमविपरीत छोड्ने गरेकाले नेपाली ट्रक व्यवसायी मारमा परेका छन् । भार बढी भएका सवारीसाधन धमाधम भारतबाट नेपाल भित्रिनाले मारमा परेको गुनासो गर्दै ट्रक व्यवसायी युवराज न्यौपाने भन्नुहुन्छ, “भन्सार कार्यालयको अवैध क्रियाकलापका कारण समयमा बंैकलाई ऋण चुक्ता गर्न नसक्दा हाम्रो व्यवसाय धरापमा परेको छ ।”

क्षमताभन्दा बढी सामान बोकेका भारतीय ट्रकका कारण सडक जीर्ण बन्दै गएको छ । राजस्व चुहावटका साथै उद्योगले गर्ने आर्थिक चलखेलकै कारण नियम उल्लंघन गर्दै बढी भार बोकेका सवारी साधनको निर्वाधरुपमा भन्सार हुने गरेको संघका सचिव जीवन श्रेष्ठ बताउनुहुन्छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव कार्यालयले ट्रकको क्षमतालाई भन्दा सामानलाई बढी महत्व दिने गरेको बताउनुहुन्छ । “भारक्षमता हेर्ने जिम्मा सडक विभागको हो,” उहाँले भन्नुभयो ।

वीरगञ्ज नाका हुँदै विशेष गरी सिमेन्टको कच्चा पदार्थ किलिंकर, खाद्यान्न, कोइला, मेसिनरी पार्टपुर्जा बढी मात्रमा नेपाल भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com