काठमाडौं, ७ चैत । प्रधानमन्त्रीले १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको घोषणा गर्नुभएको छ । तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन्। सरकारले देशैभर सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् यस्तो घोषणा गरेका गर्नु भएको हो ।
प्रधानमन्त्रीले १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन्, तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाउनु भएको छैन ।
त्यसैगरी, पर्सि ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन्। अहिले १८ चैतसम्म त्यो घोषणा लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस्