ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु


एबीसी न्यूज

काठमाडौं, ६ चैत ।  कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले उक्त भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सुरु गरेको छ । विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध चीनले भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु गरेको हो ।

यसअघि अमेरिकाले पनि भ्याक्सिन तयार भएको र परीक्षण पनि सुरु भएको जनाएको थियो । अमेरिकाले परीक्षण सुरु भएको बताएको १९ घण्टापछि चीनले पनि भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु गरेको हो । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण विश्व बजारमा कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै उपलब्ध हुने आशा गरिएको छ ।

तर चीनले भने भ्याक्सिनको परीक्षण सकेर ठूलोमात्रामा बजारमा पठाउन अझै १२ देखि १८ महिना लाग्नसक्ने बताएको छ । चिनियाँ जनमूक्ति सेनामा मेजर जनरल चेन वेइ र उनको टिमले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाएको हो । कोरोनाको सुरुवात भएको वुहानमा पुगेर मेजर वेइको टिमले इबोला भ्याक्सिन बनाएको अनुभव र स्थानिय कम्पनीसँगको सहकार्यमा कोरोना भ्याक्सिनमाथी फार्मेसी तथा औषधि विज्ञानमा आधारित भएर अनुसन्धान गरेको छ ।

उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण समिक्षाको आधारमा उनिहरुले भ्याक्सिनको डिजाइन, संरचना र उत्पादनलाई निकै छिटो सकाएका सिसिटिभीले उल्लेख गरेको छ । त्यसलगत्तै वेइको टिमले उत्पादन गरेको भ्याक्सिनको क्लिनिकल समिक्षा दर्ता पारित भएसँगै क्लिनिकल परीक्षणको अनुमती पाएको थियो । वेइको टिमले कोरोनाविरुद्धको भ्याक्सिनलाई सुरक्षित, गुणस्तरीय, उपयोगी र ठूलोमात्रामा उत्पादनका लागि आन्तरिक नीतिनियम र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भएको पनि दावी गरेको छ । कोरोना संक्रमण सुरु भएसँगै विश्वका दर्जन देश भ्याक्सिन पत्ता लगाउने दौडमा निस्किएका थिए । तर चीन र अमेरिकाले भने सफलता पाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com