ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ : सरकारको निर्णय आजदेखि कार्यान्वयनमा


एबीसी न्यूज
चैत्र ६, २०७६ बिहीबार  ३ : १५ बजे

काठमाडौँ, ६ चैत  ।  सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न बिहीबारदेखि आवश्यक नपरेसम्म घरबाट बाहिर नजान र २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गरेको छ ।

कोरोनाको सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक नभइ घरबाहिर नजान र २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गरेको हो ।

त्यस्तै चलचित्र घर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, सङ्ग्रहालय, स्विमिङ पुल, मनोरञ्जनस्थल, लगायत ठाउँ आउँदो वैशाख १७ गतेसम्म बन्द गर्ने तथा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा अनावश्यक भिड हुन नदिने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसार पसार नगर्नरनगराउन यातायात व्यवसायी र सर्वसाधारणलाई अनुरोध गर्दै मानिसको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा पालिकाहरुले दैनिकरुपमा निश्चित समयको अन्तरालमा सरसफाइ गर्नुपर्ने निर्णय पनि गरेको छ ।

कोरोनाको जोखिम कम गर्न युरोपका सबै देश पश्चिम एसिया लगायत खाडी क्षेत्रका देश, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती देशलाई ट्रान्जिट बनाइ अरु देशबाट आउने यात्रुलाई शुक्रबारदेखि आउँदो वैशाख ३ सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एसईई र त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com