ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा विकास गरिएको इन्फ्ल्युएन्जाको औषधि कोराना उपचारमा प्रभावकारी


एबीसी न्यूज
चैत्र ६, २०७६ बिहीबार  ९ : ०४ बजे

काठमाडौं, ६ चैत । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको पाइएको छ ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको र सो औषधि निकै प्रभावकारी भएको पाइएको थियो ।

यो औषधि कोरानाकोउपचारमा निकै सुरक्षित र प्रभावकारी पाइएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै दि गार्जियनले जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका विरामीलाई औषधि दिँदा चार दिनमा नै विरामीमा कोरोना नेगेटिभ देखिएको थियो । समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ ।

साथै सो फाभीपिराभिर नामका औषधि दिइएका विमामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सुधार भएको र अन्य औषधि दिइएकमा ६२ प्रतिशत मात्र सुधार भएको जनाइएको छ । जापानी चिकित्सकहरूले कोरोनाको समान्य खालको लक्ष्यण भएका विारमीमा क्लिनिकल परीक्षण गर्दा यसबाट विरामीमा भाइरसको बृद्धिदरमा कमी आएको बताएका थिए । तर जापानी स्वास्थ्य मन्त्रालय स्रोतले भने गम्भीर संक्रमण भएका विरामीमा भने त्यति धेरै प्रभावकारी नभएको बताएका छन् ।

फाभिपिराभिर औषधी दिइएका बिरामीको फोक्सोको अवस्था ९१ प्रतिशत सुध्रिएको पाइएको छ, जबकी यो औषधी नदिइएको फोक्सो ६२ प्रतिशत मात्रै सुध्रिएको थियो ।

एभिगानको नामले समेत चिनिने उक्त औषधी विकास गर्ने फुजिफिल्म तोयोमा केमिकलले यस विषयमा टिप्पणी गर्न इन्कार गरेको छ । उक्त कम्पनीले सन् २०१४ मा यो औषधी विकास गरेको थियो ।

झाङको टिप्पणी बाहिर आएपछि बुधबार यो कम्पनीको सेयर मूल्य १५.७ प्रतिशतले बढेर ५२०७ येन पुगेको छ ।

जापानका डाक्टरहरुले पनि हल्कादेखि मध्यमखाले कोरोना भाइरसको लक्षण भएका बिरामीको क्लिनिकल अध्ययनका लागि यही औषधी प्रयोग गरेका छन् । यसको प्रयोगले भाइरसको गुणात्मक विस्तार रोक्ने उनीहरुको अपेक्षा छ ।

तर जापानी स्वास्थ्य मन्त्रालयको एउटा स्रोतले ज्यादै गम्भीर प्रकृतिका विरामीमा यो औषधी प्रभावकारी नभएको बतायो । ‘हामीले ७० देखि ८० जनालाई एभिगान दियौं, तर भाइरस पहिल्यै ब्यापक भइसकेका केसमा यसले काम गरे जस्तो लागेन,’ उक्त स्रोतले जापानी पत्रिका माइनिची सिम्बुनसँग भनेको छ ।

एचआइभीको एन्टिरेट्रोभाइरल लोपिनाभिर र रिटोनाभिर मिलाएर प्रयोग गरिएका बिरामीमा अध्ययनका क्रममा केही सीमितता पहिचान भएको पनि स्रोतले बताएको छ । सन् २०१६ मा जापान सरकारले गिनीमा इबोला संक्रमण फैलिएको बेला आपतकालीन सहायताको रुपमा फाभिपिराभिर नै पठाएको थियो ।

फाभिपिराभिर फ्लुको उपचारका लागि बनेको औषधी भएकाले कोभिड–१९ मा पूर्णस्तरमा यो प्रयोग गर्न सरकारी अनुमोदन आवश्यक पर्छ । एकजना स्वास्थ्य अधिकरीले यो औषधी मेको सुरुतिरै अनुमोदन हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com