काठमाडौं, ५ चैत । भोली विहीवार देखि संचालन हुने एसईई परिक्षा स्थगित भएको छ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताउनुभयो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्