ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डवीच भेट, भोलि अपराह्न ४ बजे बोलाइयो सचिवालय बैठक


एबीसी न्यूज
चैत्र ४, २०७६ मंगलबार  ६ : ४५ बजे

काठमाडौँ, ४ चैत । सत्तारुढ नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तापछि बुधबार सचिवालय बैठक बोलाइएको हो ।

बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि ओली बालुवाटारमै आराम गरिरहनुभएको छ । फागुन १९ मा अस्पताल भर्ना हुनभएका प्रधानमन्त्रीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

उहाँ डिस्चार्ज भएको भोलिपल्ट अध्यक्ष प्रचण्ड स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुग्नु भएको थियो । त्यसैदिन नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेललगायतले पनि प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

भोली बुधबार बस्ने सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम, एमसीसी कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णयबारे छलफल हुन सक्ने सचिवालयका एक नेताले बताए। यसर्थ भोलिको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com