ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजारमा बिचौलियाको दबदबा : किन जनता जहिल्यैपनि अप्ठेरोमा ? (भिडियोसहित)


admin
चैत्र ४, २०७६ मंगलबार   १ : ५८   बजे

काठमाडौं, ४ चैत । बजारमा पेट्रोलियम पदार्थ पेट्रोल, डिजेलको कृत्रिम अभाव सिर्जना गरिन थालेको छ । सर्वसाधारणले पेट्रोलियम पदार्थ पाइन छाडेको गुनासो गरेका छन् । संसदीय समितिले सोमबार नेपाल आयल निगमको काठमाडौँ कार्यालयको अनुगमन गर्दै पेट्रोलियम पदार्थ आयात र खपतमा कुनै समस्या नरहेको देखिएकोले थप अध्ययन गरेर सरकारलाई निर्देशन दिने बताएको छ भने आयल निगमले पेट्रोलियम पदार्थको अभाव नरहेको भन्दै उपभोक्तालाई नआत्तिन अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको त्रास देखाउँदै नेपालमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न थालिएको छ । अहिले बजारमा कोरोना संक्रमणका कारण भारतबाट आपूर्ति कम भए पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंका गर्दै कतिपय पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ लुकाउन थालेका छन् । अर्कातर्फ पहुँचवालाहरुले तत्कालको लागि आवश्यकताभन्दा बढी पेट्रोल तथा डिजेल खपत गर्न थालेपछि बजारमा अभाव सिर्जना हुन थालेको छ । सर्वसाधारण पेट्रोल, डिजेल किन्न पेट्रोलपम्प जाँदा पेट्रोलियम पदार्थ नपाएको गुनासो गर्छन् । सरकारले कालोबजारी नियन्त्रणमा चासो नदेखाएको सर्वसाधारणको भनाई छ ।

बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भइरहेको अवस्थामा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीले सोमबारे काठमाडौँस्थित नेपाल आयल निगमको बाग्मती प्रादेशिक कार्यालयमा स्थलगत अनुगमन गरेको छ । समिती सदस्यहरुले थानकोटमा रहेको निगमको कार्यालय र पेट्रोलियम पदार्थको अवस्थाको सम्बन्धमा अनुगमन गरेका हुन् । बाग्मती प्रादेशिक कार्यालयबाट काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप र दोलखामा रहेका १८० पेट्रोलपम्पहरुमा पेट्रोल तथा डिजेल वितरण हुँदै आएको छ । निगमका अनुसार दैनिक ६ लाख लिटर पेट्रोल र ९ लाख लिटर डिजेल आयात हुने गरेको छ र उत्तिकै दैनिक रुपमा खपत पनि हुने गरेको छ । निगममा हाल ५३ लाख लिटर पेट्रोल र ८४ लाख लिटर डिजेल भण्डारण रहेकाले पेट्रोलियम पदार्थको अभाव भएमा त्यसले सामान्यतया ७ दिनसम्ममा बजारमा वितरण गर्न पुग्ने बताइएको छ ।

रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ सहज रुपमा आइरहेको र बजारमा पनि पुगिरहेकोले निगमको कारण बजारमा अभाव सिर्जना नभएको नेपाल आयल निगम बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनितमणि उपाध्यायले बताउनुभयो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीका सदस्यहरुले बजारमा देखिएको अभाव र जनगुनासो बढेको कारण अनुगमन गर्नुपरेको बताए । आयल निगमले साबिककै सरह पेट्रोल तथा डिजेल वितरण गरिरहेको भए पनि बजारमा कृत्रिम अभाव सिर्जना गरिएको पाइएको समितिका सदस्यहरुको भनाई छ । बजारमा कृत्रिम अभाव सिर्जना गरिएको पाइएको समिती सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

समिति सदस्य प्रकाश रसाईली स्नेहीले उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । भारतबाट अझै पेट्रोलियम पदार्थ आयात गर्न सरकार सम्बेदनशिल हुनुपर्ने उहाँको भनाई छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिती सभापति विमल प्रसाद श्रीवास्तवले बजार हल्ला र आशंकाको भरमा पेट्रोलियम पदार्थ अभाव देखिएको भए पनि आयात भने उल्लेख्य मात्रामा भइरहेकोे अनुगमनको क्रममा भेटिएको बताउनुभयो । अझै आवश्यक अध्ययन गरेर समितिले सरकारलाई निर्देशन दिने उहाँको भनाई छ । आयल निगमले पेट्रोलियम पदार्थको अभाव छैन भने पनि, संसदीय समितिले अनुगमनको क्रममा सबै ठिकठाक देखे पनि बजारमा पेट्रोलियम पदार्थको अभाव छ । अभाव अभाव नै हो, कृत्रिम होस् अथवा स्वाभाविक । आम नागरिकलाई कुनै पनि बहानामा अभावको अवस्थामा पारिनु हुँदैन । सरकारले पनि कालोबजारी गर्नेलाई कारबाही गरी सरकार हुनुको अनुभुति दिलाउन सक्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group