काभ्रे , ४ चैत । काभ्रेपलाञ्चोकको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ ।
सोमबार पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा राति प्रहरी र स्थानीयबिच झडप भएको थियो । झडपमा प्रहरी र केही स्थानीय घाइते भएका थिए । स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाएको हो ।
त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । मङ्गलबार बिहानैदेखि भेला भएका स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् । बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्