ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

(कोभिड–१९) , विश्वमा महामारीको इतिहास यस्तो छ : कोरोनाबाट बच्न नेपालले गरेका प्रयास प्रयाप्त छन त ?


एबीसी न्यूज
चैत्र ३, २०७६ सोमबार  ६ : ४९ बजे

 

कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि पूरै इटाली अहिले क्वारेन्टाइनमा छ । चीनपछिको केन्द्रविन्दु इटाली बनेको छ । इटालीमा १ हजार ४ सय ४१ जना मानिसको मृत्यु भइसकेको छ भने २१ हजार १ सय ५७ मानिस संक्रमित भएका छन् । सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस (कोभिड–१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ ।

क्वारान्टाइन त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ । अंग्रेजी शब्द ‘क्वारेन्टाइन’ ल्याटिन भाषाको ‘क्वारेन्टा जिओर्नो’ बाट आएको हो । चौधौं शताब्दीतिर इटालीको भेनिसमा आउने जहाज तथा मानिसहरुलाई ४० दिन अलग्गै राख्न्थ्यिो । समुद्री यात्राका क्रममा प्लेगजस्ता कुनै महामारीको संक्रमण भए / नभएको जाँच गरेर मात्रै उनीहरुलाई समुदायमा प्रवेश दिइन्थ्यो । अहिले सरुवा रोगको संक्रमण नफैलियोस् भनेर मानिसलाई अलग्गै राख्ने अभ्यासलाई ‘क्वारेन्टाइन’ का नामले चिनिन्छ ।

अर्को इपिडियोमोलोजीको सिद्धान्तअनुसार बिरामी मान्छेलाई साधारण मान्छेबाट अलग राख्ने प्रक्रिया नै आइसोलेसन हो । बिरामी मान्छेलाई अलग्गै नराखे यसले अरुमा पनि संक्रमण फैलाउने सम्भावना रहन्छ । थोरैभन्दा थोरै क्षति होस् र चाडै नै संक्रमण रोकियोस् भनेर रोगी मान्छेलाई अलग्गै राखिन्छ । यो नै आइसोलेसन भन्ने गरिन्छ । बिरामी सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखिन सक्ने भन्दै शंकास्पद व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्न सुझाव दिएको छ। इपिडोमियोलोजीको सिद्धान्तमा रोग नियन्त्रण तथा रोकथामका लागि आइसोलेसन र क्वारेन्टाइन महत्वपूर्ण उपाय हुन् । यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्क सँग बसेका छन् । किनकी इटली पनि केही समय अघि त्यही अवस्थामा थियो । एकछिन हेरौं हामी र इटाली लगभग २–३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा छ । कोरोना भाईरस छ भन्ने कुरा तपाई हामीले, न्युजमा पढेका छौं, टिभी, इन्टरनेटमा त्योबारे समाचार हेरेका छौं ।

डराउनुपर्ने केही छैन, यो अलि कडा खालको रुघाखोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ । जवानहरुले त भाईरसलाई पचाईहाल्छन् । गर्मी लाग्दैछ, भाईरसहरु मरिहाल्छन् । म सुरक्षित छु, ढुक्क छु । सबै किन यति साह्रो आत्तिरहेका छन् बेकारमा मान्छे तर्साउने काम किन गर्दैछन् । केही डर छैन तर त्यसो नहुन सक्छ इटलीलाई हेर्दा । अझै पनि धेरै देशहरुले ‘यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ । यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन । महामारीको इतिहास लामो छ । विश्वमा पटकपटक विभिन्न रोगका महामारी फैलिने गरेका छन । कहिले एड्सको महामारी त कहिले बर्ड फलुको महामारी । विश्वमा भाइरसका कारण १२ हजार वर्षको इतिहासमा करिब ५० करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ ।

विश्वमा पहिलो पटक फ्लुको लक्षण २४ सय वर्षअघि भेटिएको थियो । फ्लुको महामारी पहिलोपटक सन् १५८० मा देखिएको थियो । त्यतीबेला रुसबाट सुरु भएको महामारी यूरोप हुदै अफ्रिकासम्म पुग्यो । फ्लुको महामारीका कारण रोममा मात्र ८ हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो । १७ आंै र १८ आंै शताब्दीमा पनि महामारीको क्रम रोकिएन ।

सन् १९१० र ११ मा हैजाबाट विश्वभर लाखौं मानिसको ज्यान गयो । भारतको कलकत्ताबाट सुरु भएको यो महामारीले त्यसबेला भारतमा कम्तीमा आठ लाख जनाको ज्यान लिएको थियो । पछि यो मध्यपूर्व, उत्तरी अफ्रिका, पूर्वी युरोप र अमेरिकासम्म पुगेको थियो । सन् १९१८ मा स्पेनबाट फैलिएको महामारी पनि निकै खतरनाक थियो । यो महामारीको नाम थियो, स्पेनिस फलु । समग्र युरोपमा फैलिएको स्पेनिस फ्लुको महामारीले झण्डै ५ करोड मानिसको ज्यान लियो ।

त्यसपछि सन् १९५७ मा एसियन फलुले झण्डै ५० लाख मानिसको ज्यान लियो । त्यसको १० वर्षपछि सन १९६८ मा हङकङमा अर्को महामारी फैलियो । यो महामारीको नाम दिइयोे, हङकङ फ्लु । यसले पनि करिब ५ लाख मानिसको ज्यान लियो । सन १९९७ मा हङकङमा बर्ड फ्लुको जीवाणु भेटिएपछि पूर्वी एशिया, मध्य एशिया, मध्य पूर्व, युरोप, अफ्रिकी महादेश तथा अन्य एशियन मुलुकमा बर्ड फ्लुबाट पनि लाखौं मानिसको ज्यान गयो । सन् २००२ को नोभेम्बरमा चीनको क्वाङ्तुङ् प्रान्तबाट सुरु भएको सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) बाट नौ महिनामा विश्वभर ८ हजार ९६ जना प्रभावित भएका थिए । जसमध्ये ७ सय ७४ जनाले ज्यान गुमाएका थिए । सार्सको मृत्युदर पनि उच्च थियो । संक्रमितमध्ये ९.६ प्रतिशत मानिसको ज्यान गएको थियो ।

यतिखेर विश्वभर कोरोना भाइरसकोे महामारी फैलिएको छ । हालसम्म कोरोना भाइरस विश्वको १ सय ५९ मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थ संगठनले पनि कोरोना भाइरसलाई विश्व महामारीको संज्ञा दिएको छ । ्कोरोना भाइरस (कोभिड–१९) कोरोना नामको पुरानो भाइरस परिवारको नयाँ सदस्य हो । यो प्राणघातक भाइरसलाई अर्को नयाँ नाम पनि दिइएको छ – सार्स सीओभी– २ । अनुसन्धानकर्ताहरुका अनुसार सन् २००२–२००३ मा चीनमा जुन सार्स भाइरसले ७०० जनाको ज्यान लिएको थियो कोभिड–१९ त्यही भाइरसको आनुवंशिक परिवर्तन (म्युटेसन) बाट बनेको हो । डिसेम्बर २०१९ मा देखिएको हुनाले यसको वैज्ञानिक नाम ‘कोभिड–१९’ (को अर्थात् कोरोना, भी . भाइरस, डी . डिसेम्बर २०१९) राखिएको हो ।

कोरोना भाइरसको संक्रमण हुन नदिन एकिकृत योजना बनाउनका लागि समन्वय समितिले ७ वटै प्रदेशका मुख्य मन्त्री र सामाजिक विकास मन्त्री सहित बैठकको समेत गरेको छ । सरकारले स्थलमार्ग हुदै नेपाल छिर्ने नाकामा स्वास्थ्य परिक्षण स्थल स्थापना गर्नुको साथै हवाई नाका हुदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टाइनमा बस्नपर्ने निर्णय गरेको छ ।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको कुरा अझ स्पष्ट भएको छ । त्यसैले आवश्यक सावधानी र सर्तकता मात्र होइन सम्भावित संक्रमणको स्थितिसँग जुध्न तम्तयार हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com