ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

(कोभिड–१९) , विश्वमा महामारीको इतिहास यस्तो छ : कोरोनाबाट बच्न नेपालले गरेका प्रयास प्रयाप्त छन त ?


एबीसी न्यूज

 

कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि पूरै इटाली अहिले क्वारेन्टाइनमा छ । चीनपछिको केन्द्रविन्दु इटाली बनेको छ । इटालीमा १ हजार ४ सय ४१ जना मानिसको मृत्यु भइसकेको छ भने २१ हजार १ सय ५७ मानिस संक्रमित भएका छन् । सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस (कोभिड–१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ ।

क्वारान्टाइन त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ । अंग्रेजी शब्द ‘क्वारेन्टाइन’ ल्याटिन भाषाको ‘क्वारेन्टा जिओर्नो’ बाट आएको हो । चौधौं शताब्दीतिर इटालीको भेनिसमा आउने जहाज तथा मानिसहरुलाई ४० दिन अलग्गै राख्न्थ्यिो । समुद्री यात्राका क्रममा प्लेगजस्ता कुनै महामारीको संक्रमण भए / नभएको जाँच गरेर मात्रै उनीहरुलाई समुदायमा प्रवेश दिइन्थ्यो । अहिले सरुवा रोगको संक्रमण नफैलियोस् भनेर मानिसलाई अलग्गै राख्ने अभ्यासलाई ‘क्वारेन्टाइन’ का नामले चिनिन्छ ।

अर्को इपिडियोमोलोजीको सिद्धान्तअनुसार बिरामी मान्छेलाई साधारण मान्छेबाट अलग राख्ने प्रक्रिया नै आइसोलेसन हो । बिरामी मान्छेलाई अलग्गै नराखे यसले अरुमा पनि संक्रमण फैलाउने सम्भावना रहन्छ । थोरैभन्दा थोरै क्षति होस् र चाडै नै संक्रमण रोकियोस् भनेर रोगी मान्छेलाई अलग्गै राखिन्छ । यो नै आइसोलेसन भन्ने गरिन्छ । बिरामी सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखिन सक्ने भन्दै शंकास्पद व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्न सुझाव दिएको छ। इपिडोमियोलोजीको सिद्धान्तमा रोग नियन्त्रण तथा रोकथामका लागि आइसोलेसन र क्वारेन्टाइन महत्वपूर्ण उपाय हुन् । यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्क सँग बसेका छन् । किनकी इटली पनि केही समय अघि त्यही अवस्थामा थियो । एकछिन हेरौं हामी र इटाली लगभग २–३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा छ । कोरोना भाईरस छ भन्ने कुरा तपाई हामीले, न्युजमा पढेका छौं, टिभी, इन्टरनेटमा त्योबारे समाचार हेरेका छौं ।

डराउनुपर्ने केही छैन, यो अलि कडा खालको रुघाखोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ । जवानहरुले त भाईरसलाई पचाईहाल्छन् । गर्मी लाग्दैछ, भाईरसहरु मरिहाल्छन् । म सुरक्षित छु, ढुक्क छु । सबै किन यति साह्रो आत्तिरहेका छन् बेकारमा मान्छे तर्साउने काम किन गर्दैछन् । केही डर छैन तर त्यसो नहुन सक्छ इटलीलाई हेर्दा । अझै पनि धेरै देशहरुले ‘यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ । यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन । महामारीको इतिहास लामो छ । विश्वमा पटकपटक विभिन्न रोगका महामारी फैलिने गरेका छन । कहिले एड्सको महामारी त कहिले बर्ड फलुको महामारी । विश्वमा भाइरसका कारण १२ हजार वर्षको इतिहासमा करिब ५० करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ ।

विश्वमा पहिलो पटक फ्लुको लक्षण २४ सय वर्षअघि भेटिएको थियो । फ्लुको महामारी पहिलोपटक सन् १५८० मा देखिएको थियो । त्यतीबेला रुसबाट सुरु भएको महामारी यूरोप हुदै अफ्रिकासम्म पुग्यो । फ्लुको महामारीका कारण रोममा मात्र ८ हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो । १७ आंै र १८ आंै शताब्दीमा पनि महामारीको क्रम रोकिएन ।

सन् १९१० र ११ मा हैजाबाट विश्वभर लाखौं मानिसको ज्यान गयो । भारतको कलकत्ताबाट सुरु भएको यो महामारीले त्यसबेला भारतमा कम्तीमा आठ लाख जनाको ज्यान लिएको थियो । पछि यो मध्यपूर्व, उत्तरी अफ्रिका, पूर्वी युरोप र अमेरिकासम्म पुगेको थियो । सन् १९१८ मा स्पेनबाट फैलिएको महामारी पनि निकै खतरनाक थियो । यो महामारीको नाम थियो, स्पेनिस फलु । समग्र युरोपमा फैलिएको स्पेनिस फ्लुको महामारीले झण्डै ५ करोड मानिसको ज्यान लियो ।

त्यसपछि सन् १९५७ मा एसियन फलुले झण्डै ५० लाख मानिसको ज्यान लियो । त्यसको १० वर्षपछि सन १९६८ मा हङकङमा अर्को महामारी फैलियो । यो महामारीको नाम दिइयोे, हङकङ फ्लु । यसले पनि करिब ५ लाख मानिसको ज्यान लियो । सन १९९७ मा हङकङमा बर्ड फ्लुको जीवाणु भेटिएपछि पूर्वी एशिया, मध्य एशिया, मध्य पूर्व, युरोप, अफ्रिकी महादेश तथा अन्य एशियन मुलुकमा बर्ड फ्लुबाट पनि लाखौं मानिसको ज्यान गयो । सन् २००२ को नोभेम्बरमा चीनको क्वाङ्तुङ् प्रान्तबाट सुरु भएको सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) बाट नौ महिनामा विश्वभर ८ हजार ९६ जना प्रभावित भएका थिए । जसमध्ये ७ सय ७४ जनाले ज्यान गुमाएका थिए । सार्सको मृत्युदर पनि उच्च थियो । संक्रमितमध्ये ९.६ प्रतिशत मानिसको ज्यान गएको थियो ।

यतिखेर विश्वभर कोरोना भाइरसकोे महामारी फैलिएको छ । हालसम्म कोरोना भाइरस विश्वको १ सय ५९ मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थ संगठनले पनि कोरोना भाइरसलाई विश्व महामारीको संज्ञा दिएको छ । ्कोरोना भाइरस (कोभिड–१९) कोरोना नामको पुरानो भाइरस परिवारको नयाँ सदस्य हो । यो प्राणघातक भाइरसलाई अर्को नयाँ नाम पनि दिइएको छ – सार्स सीओभी– २ । अनुसन्धानकर्ताहरुका अनुसार सन् २००२–२००३ मा चीनमा जुन सार्स भाइरसले ७०० जनाको ज्यान लिएको थियो कोभिड–१९ त्यही भाइरसको आनुवंशिक परिवर्तन (म्युटेसन) बाट बनेको हो । डिसेम्बर २०१९ मा देखिएको हुनाले यसको वैज्ञानिक नाम ‘कोभिड–१९’ (को अर्थात् कोरोना, भी . भाइरस, डी . डिसेम्बर २०१९) राखिएको हो ।

कोरोना भाइरसको संक्रमण हुन नदिन एकिकृत योजना बनाउनका लागि समन्वय समितिले ७ वटै प्रदेशका मुख्य मन्त्री र सामाजिक विकास मन्त्री सहित बैठकको समेत गरेको छ । सरकारले स्थलमार्ग हुदै नेपाल छिर्ने नाकामा स्वास्थ्य परिक्षण स्थल स्थापना गर्नुको साथै हवाई नाका हुदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टाइनमा बस्नपर्ने निर्णय गरेको छ ।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको कुरा अझ स्पष्ट भएको छ । त्यसैले आवश्यक सावधानी र सर्तकता मात्र होइन सम्भावित संक्रमणको स्थितिसँग जुध्न तम्तयार हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com