काठमाडौं, ३ चैत । नेपाली सेनाले विश्वव्यापी महामारीका रूपमा फैलिएको (कोभिड(१९) नोवेल कोरोना भाइरसबाट हुन सक्ने संक्रमितको उपचारका लागि तयारी थालेको छ ।
पूर्व तयारी स्वरूप शनिबार मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा अस्थायी टेन्ट बनाएको हो । टेन्टमा संक्रमित सैनिक तथा आवश्यक परेमा सर्वसाधारणलाई समेत राखिने छ ।
सरकारबाट कोरानाको उच्च सर्तकता र तयारी गर्न निर्देशन भए अनुरुप नेपाली सेनाले सर्वसाधारणलाई समेत क्वारेनटाईनमा राखेर उपचार गर्ने बताएको छ । सेनाले टुँडिखेलमा समेत यस्तै किसिमको उपचार केन्द्र बनाउने तयारी गरिरहेको मुख्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्