ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस ब्यवसायीले सुरु गरे ‘कोरोना’ बिरुद्धको अभियान


sharan sharan

बुटवल, २ चैत्र ।
सरकारले कोरोना भाइरसको प्रकोप फैलन नदिन बिभिन्न उपाय अवलम्बन गरेसंगै रुपन्देहीमा निजी क्षेत्रले पनि भाइरसको प्रकोप फैलीन नदिन अभियान थाल्न सुरु गरेकाछन् । पश्चिम नेपाल बस ब्यवसायी प्रा.लिले आफ्नो सवारी साधनमा यात्रा गर्नु अघि तापक्रम नापेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाउने भएको छ ।
नेपालमा कोरोना भाइरसको प्रकोप फैलिन नदिन भन्दै प्रालिका रुपन्देही र कपिलवस्तुका भारतीय सिमासंग जोडीएका नाकाहरुबाट गन्तब्य पुग्ने बस तथा बुटवल र यस आसपासबाट चल्ने बसहरुमा यात्रा गर्दा तापक्रम जांचेर मात्र यात्रा गर्नुपर्ने ब्यवस्था मिलाईएको बस समितीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बस ब्यवसायी प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुर जस्ता भारतीय नाकाबाट भिभिन्न गन्तब्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नु पर्ने ब्यवस्था गरेको छ भने बुटवल, तानसेन, गुल्मी र अर्घाखांचीबाट छुट्ने प्रालि अन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने ब्यवस्था गरेको छ ।
ब्यवसायीको आफ्नै स्वास्थ्यकर्मी र तालिम प्राप्त कर्मचारीले बस चढ्नु अघि डिजिटल उपकरणबाट तापक्रम नापेर यात्रा गराउने ब्यवस्था मिलाईएको प्रालिले जनाएको छ । यात्रा गरिरहेका यात्रुहरुले भय रहित वाताबरणमा यात्रा गरेको अनुभुती दिलाउन तापक्रम मापनको ब्यवस्था गरिएको प्रालिका अध्यक्ष दधीराम खरेलले बताउनु भयो ।
१५ थान उपकरण सहित प्रालिका काउण्टरहरुमा तालिम प्राप्त कर्मचारी परिचालन गरिएको तथा तापक्रम उच्च भएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थाहरु सम्म पु¥याउने प्रबन्ध समेत प्रालिले नै गर्ने अध्यक्ष खरेलले बताउनु भयो ।
उच्च तापक्रम भएका यात्रुहरुलाई आवश्यक परे सुबिधा सम्पन्न अस्पताल सम्म पु¥याउन समेत प्रालि तयार रहेको उहांले बताउनु भयो । कार्यक्रममा सहभागिहरुले बसको सरसफाई तथा बस चढ्नु अघि अल्कोहल सेनालाईजरले हात सफा गर्ने ब्यवस्था गर्न प्रालिलाई सुझाव दिएका थिए ।
प्रदेश ५ को राजधानी बुटवललाई केन्द्र बिन्दु बनाएर संचालनमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गत २ हजार ५ सय बढी बसहरुले यात्रुहरुलाई सेवा दिईरहेको प्रालिले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com