काठमाडौं, २५ फागुन । – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको पाचौ दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अस्पतालले आज (आइतवार) चार बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तयारी गरेको छ । ‘उहाँलाई हिजोबाट नर्मल खाना दिन थालिएको छ, र सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ,’ हिजो जारी विज्ञप्तिमा भनिएको छ । अस्पतालका अनुसार प्रम ओलीको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । । प्रधानमन्त्रीलाई सामान्य हिँडडुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ ।
सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका केपी ओलीलाई उनकी भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् । अस्पतालले उहँको पनि स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्