ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा


एबीसी न्यूज
फाल्गुन २५, २०७६ आईतबार  १२ : ०८ बजे


काठमाडौं, २५  फागुन । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ ।

मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश ग्यालेन्सपोर्रेले संयुक्त राष्ट्रसङ्घ पदकद्वारा सुशोभित गर्दै नेपाली शान्ति सैनिकको योगदानबाट मालीको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँले भन्नुभयो,“नेपाली शान्ति सैनिकले शान्ति स्थापनामा गरेको योगदान प्रशंसनीय छ, स्थानीयवासीले त्यसको प्रत्यक्ष अनुभूति गरिरहेका छन् ।”

सेक्टर कमाण्डर हुवर्ट ब्यूडोनले अनुशासित, व्यावसायिक र साहसिक नेपाली सैनिकसँग काम गर्न पाउँदा गौरवको महसूस भइरहेको उल्लेख गर्नुभएको त्यहाँ तैनाथ नेपाली शान्ति सेनाले जानकारी दिएको छ । उहाँले भन्नुभएको छ,“प्रतिकूल सुरक्षा स्थिति र मौसममा पनि नेपाली सेनाले निरन्तर खटिएर गरिरहेको निःस्वार्थ सेवाभाव र उत्कृष्ट पेशागत निःपूर्णता प्रदर्शनको म खुलेर प्रशंसा गर्दछु ।”

करिब ५५ डिग्री सेन्टिग्रेट गर्मीमा जमिनमुनि बिच्छ्याइएका विस्फोटक पदार्थ हटाउने जोखिमपूर्ण कार्य नेपाली सेनाले सावधानी र सफलतापूर्वक गर्दै आएको छ । सन् २०१३ देखि त्यहाँ नेपाली शान्ति सैनिक कार्यरत छ । मालीमा क्रियाशील विद्रोही र आतङ्ककारी समूह सक्रिय भएकै कारण त्यहाँ तैनाथ राष्ट्रसङ्घको शान्ति मिसनले निकै ठूलो धनजन व्यहोर्नु परेको छ । दक्ष जनशक्ति र प्रविधियुक्त सीप प्रयोग गरी नेपाली शान्ति सैनिकले भने सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिरहेको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि धेरै सुरक्षा फौज पठाउने मुलुकको सूचीमा नेपाल चौथो स्थान लिन सफल भएको छ । विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् ।

द्वन्द्वग्रस्त १२ मुलुकमा पाँच हजार ६५८ नेपाली सुरक्षाकर्मी शान्तिदूतका रुपमा हाल कार्यरत छन् । त्यसमध्ये नेपाली सेना पाँच हजार ९६ छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या ५६२ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

हालसम्म एक लाख २९ हजार ८९९ नेपाली शान्ति सैनिकले शान्ति मिसनमा योगदान पु¥याइसकेका छन् । शान्ति स्थापना क्रममा ६५ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com