ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ वर्षपछि पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ


एबीसी न्यूज

काठमाडौं, २५  फागुन ।  बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपीलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत बाराले जन्मकैदको फैसला समेत सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारा प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड हवाई फाइरिङ समेत गर्नु परेको बताइएको छ । लामो समयदेखि फरार रहेका फौजदार होली मनाउनको लागि घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो। पत्रकार शाहको हत्या पश्चात प्रहरीले बारा इनरुवा सिरहाका म्यानेजर गिरी र खापबा ८ का रामइकवाल सहनीलाई पक्राउ गरेको थियो। दुबै जना जन्मकैदको फैसलामा कारागार जीवन बिताइरहेका छन्।

पत्रकार हत्याका मुख्य आरोपी फौजदारमाथि एक दर्जनभन्दा बढी कर्तव्य ज्यान, डाका, लागुऔषध लगायतका मुद्धा पनि रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ। पत्रकार शाहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो। अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा कात्तिक २३ गते फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com