ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीलाई चरम यातना दिने शिक्षिका कर्माचार्य गिरफ्तार


एबीसी न्यूज
फाल्गुन २५, २०७६ आईतबार  ८ : ०८ बजे


काठमाडौं, २५  फागुन । भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक शिक्षिका अन्तत ः कारवाहीमा परेकी छिन् ।

कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको पाखुरामा धारिलो ब्लेड चिराचिरा पर्ने गरी काट्न लगाएर विद्यार्थीलाई यातना दिने जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यललाई विद्यालयले निष्कासन गरेको छ भने प्रहरीले उनलाई पक्राउ गरेको छ ।

विद्यार्थीलाई यातना दिएर हात काट्न लगाउने शिक्षिका कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले आज पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको बारेमा आज जानकारी पाए लगत्तै पक्राउ गरेको जानकारी दिनुभयो ।

शिक्षिकालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो । जागृति एकेडेमीमा विगत १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका कर्माचार्यले अघिल्लो साता लिएको नियमित कक्षागत परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै यहीँ फागुन २२ गते बिहीबार विद्यार्थीलाई वेञ्चबाट उठाएर शारीरिक र मानसिक यातना दिएकी थिइन् ।

कक्षा ६ मा पढ्ने सविन तामाङले जहिले पनि गाली गर्ने, कुट्ने मिसले त्यस दिन त सिसाकलम ताछ्ने ब्लेडले हात काट्न लगाएको बताए । परीक्षा कै दिन राम्रो अङ्क नल्याउने विद्यार्थीको हात चिरिदिन्छु भनेर धम्की दिएको बताउँदै उनले टेलिफोनमा भने–“मिसदेखि सबै साथीहरु डराउँछन्, जाँच कै दिन नम्बर कम ल्याउनेको हात काटिदिन्छु भन्नु भएको थियो, त्यस दिनपछि कम नम्बर ल्याएको भन्दै सबैलाई गाली गर्नुभयो, अनि सबैलाई वेन्चमा उठाउनुभयो, पेन्सिल ताछ्ने ब्लेट झिकेर हात चिर तिमीहरुलाई त्यही हो सजाय भनेर भन्नुभयो, नमान्नेलाई गाली गर्दै आफँै काटिदिन्छु भनेर तर्साएपछि डराएर हात काट्यौँ ।”

जडिबुटी बस्ने सविनले २० माक्र्समा पाँच माक्र्स मात्रै ल्याएपछि हात काट्न लगाएको बताउँदै त्यसरी हात काट्दा तिमीलाई अझ पुगेन भन्दै अझै कडा सजाय दिने भनेर तर्साएको बताउनुभयो । कक्षागत परीक्षामा उतीर्ण हुन आठ माक्र्स ल्याउनपर्छ तर १५ माक्र्सभन्दा कम ल्याउनेलाई शिक्षिकाले यातना दिएकी छिन् ।

परीक्षामा पाँच माक्र्स मात्रै ल्याउने सविनको दब्रे नाडीमा २० ठाउँमा छियाछिया हुने गरी चिरिएको उनले बताए । कक्षा ६ कै अरुण तामाङको पनि परीक्षामा पाँच नम्बर मात्रै आएको छ । उनको नाडीमा १६ ठाउँमा, ९।५ अङ्क ल्याउने कक्षा ६ कै अमृत गौतमको नाडीमा सात ठाउँमा, १४।५ नम्बर ल्याएका कक्षा ६ का सार्थक श्रेष्ठको एक ठाउँमा चिरिएको उनीहरुले बताउनुभयो ।

यतिसम्म परीक्षामा १३।५ नम्बर ल्याएको भन्दै सोही विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठका छोरा आर्यको नाडीमा एक ठाउँमा चिरिएको छ । शिक्षिका कर्माचार्यले कक्षा ६ का आकृति रेग्मी, रेसिका लामा, आर्य तामाङ, सविन तामाङ, रेश्मा गिरी, अर्पन घिमिरे, कृस्टिन श्रेष्ठ, नीतेशकुमार मण्डल, रोहन बुढाथोकी, सुनीता कार्की, वर्षा बुढाथोकी, सार्थक श्रेष्ठ, आदर्श चौधरी, विपसा गौतम, अस्मी थापामागर, प्रज्ज्वल थापा, रितेश ढुङ्गेल, रेश्मा थापामगर र काजोल यादव, विवेश चौधरी, अजय विके, भीष्म बढू, अमृत गौतम, रोहन गुरुङ र राजु श्रेष्ठ र कक्षा ७ का सामना दाहाल, दृष्टि, प्रदीप्ति, सन्देश, असिम, भुवन, सन्दीप, सुप्रिया र वर्षाको हात काट्न लगाएको स्कुलले जानकारी दिएको छ ।

शिक्षिका कर्माचार्यले विद्यार्थीलाई मानसिक यातना दिने गरेको पाइएको छ । सोही दिन शिक्षिका कर्माचार्यले कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीलाई फोन गरेर क्लास टेष्टमा नम्बर कम ल्याएकाले छोरीको हातमा काट्न लगाएको बताउँदै भोलि उनलाई त्यही घाउँमा नुन खुर्सानी लगाइदिन्छु भनिदिनुहोला भनेको जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले भन्नुभयो, “केही दिनअघिको क्लास टेष्टमा कम नम्बर ल्याएको भन्दै याताना दिएको पाइयो, कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको रहेछ, सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको हो, यो क्षमा दिन नसकिने गल्ती भएकाले शिक्षिका कर्माचार्यलाई विद्यालयले कारवाही गर्दै निष्काशन गरेको छ ।” बिहीबारको घटना भए पनि आफूले शुक्रबार मात्रै थाहा पाएको बताउँदै उहाँले शिक्षिकाबाट अमानविय व्यवहार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com