बुटवल, २३ फागुन ।
नेपालमा पहिलो पटक प्रदेश सरकारको ब्यवस्थापनमा हुन गईरहेको एसइइ परिक्षाको तयारी सुरु गरिएको प्रदेश ५ सामाजिक बिकास मन्त्रालयले जनाएको छ । परिक्षालाई पारदर्शी र मर्यादित बनाउन प्रदेशको शिक्षा बिकास निर्देशनालयको संयोजनमा प्रदेश सरकार समाजिक बिकास मन्त्री सुदर्शन बरालको अध्यक्षतामा बसेको बैठकले परिक्षालाई अझै बढी अनुशासीत बनाउन बिभिन्न निर्णय समेत गरेको छ ।
प्रदेश शिक्षा निर्देशनालयका अनुसार प्रदेश ५ मा साधारण नियमीत तर्फ ७६ हजार ६ सय १८, प्राबिधिक नियमित तर्फ २ हजार १ सय ३१ तथा ग्रेड वृद्धिका लागि २ हजार ६ सय ५२ जना विद्यार्थी गरि ८१ हजार ४ सय १ जना बिद्यार्थि एसइइ परिक्षामा सामेल हुंदैछन् । चैत्र ६ गतेबाट सञ्चालन हुने परिक्षाका लागि ३ सय २१ परिक्षा केन्द्र तोकिएको छ ।
प्रदेशका सरोकारवाला निकायका बिचको बैठकको निर्णय सार्वजानिक गर्दै प्रदेश ५ सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले परिक्षालाई मर्यादित बनाउन कुनै कसर बांकी नराखिने बताउनु भयो । उहांले परिक्षालाई पारदर्शी र मर्यादित बनाउन नागरिक अगुवा र स्थानीयतहका जन प्रतिनिधिहरुको समेत अनुगमनको ब्यवस्था मिलाईएको बताउंदै तर अनुगनकर्ताहरुले परिक्षाको आचार संहिता भने पालना गर्नु पर्ने बताउनु भयो ।
पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्ययनजर गर्दै नेपाल सरकारले समय अगावै परिक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्री बरालले नेपालमा कोरोना भाइरस देखा नपरेको प्रष्ट पार्दै सरकारले उच्च सतर्कता अपनाएको जानकारी गराउनुभयो । कतिपय विद्यालयहरुमा विद्यार्थीलाई मास्क लगाउन अनिवार्य जस्तै गरिए पनि त्यो सही नभएको उहाले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्