काठमाडौं, २३ फागुन । पछिल्लो समय नेपालमा स्थिर सरकारको निमार्णसंगै लगानीको वातावरण बन्दै गएको भनिएको छ । स्वदेशी तथा बिदेशी लगानीकर्ता समेत नेपालमा लगानी गर्नका लागि आतुर नै छन् । तर लगानीका लागि लगानीमैत्री ऐन–नियम बनेपनि कार्यान्यवन हुन सक्दा व्यवसायीहरु भने अझै ढुक्क भएर लगानी गर्न सकेका छैनन ।
लामो समयको अस्थिर राजनीतिले थला परेका उद्योगी व्यससायीहरु पछिल्लो समय केही उत्साहित बन्दै गएका छन । लगानीकर्ताको लागि नेपालमा लगानीको वातावरण अनुकुल बनिरहेको सन्देश स्वेदशी तथा बिदेशी लगानीकर्तामा गइरहेकोले पनि बिस्तारै नेपालमा उद्योग व्यससाय क्षेत्रमा लगानी बढ्ने आशा गर्न सकिन्छ । कुनै पनि देशको बिकास उद्योग धन्दाबाट हुन्छ । तर, नेपालको अर्थतन्त्र अझैपनि रेमिटान्सले धानेको व्यवसायीको गुनासो छ । रेमिट्यान्समा मात्रै रमाइरहंदा लगानीमैत्री वातावरणले स्वच्छता हासिल गर्न नसक्ने र यसबाट राष्ट्रिय अर्थतन्त्र पनि मजबुद बन्न नसक्ने उद्योगीव्यवसायीको तर्क रहेको छ ।
सरकारले लगानीकर्ताको मनोविज्ञानलाई मध्यनजर गर्दै लगानीमैत्री ऐन, कानुन निमार्णले समेत लगानीकर्तामा उत्साह थपिएको हो । सरकारको अग्रसता उद्योगी व्यवसायीलाई नेपालमा उद्योग धन्दा सञ्चालनमा प्रोत्साहनमै रहेकोले पनि लगानी गर्दा डराउनु नै पर्ने वातावरण भने हट्दै गएको छ । अब खाडी मुलुकमा श्रम शक्ति पठाएर रेमिटान्सको भरमा भन्दा पनि स्वदेशमै उद्योग धन्दा खोल्ने वातावरण बनाइएको सरकारको पनि दाबी छ ।
नेपालको पर्यटन, कृषि, जलुबिद्युत जस्ता क्षेत्रमा बैदेशिक लगानी समेत बढिरहेको छ । केही वर्षयता राजनीतिक स्थायित्वको देखिनुको साथै सरकारले समेत अहिलेको मुख्य एजेण्डाको रुपमा आर्थिक बिकासका लागि लगानीको वातावरण बनाएकै कारण उद्योग धन्दा सञ्चालन गर्नका लागि वातावरण बन्दै गएकोमा दुई मत छैन । तर उद्योगी व्यवसायीहरु भने अहिले नीति नियम राम्रा बनेपनि निजी क्षेत्रको आत्मबल बढाउने प्रयास नगर्ने हो भने उद्योग धन्दामा लगानी नआउने बताउंछन् ।
त्यसो त, सरकारले पछिल्लो समय उद्योग धन्दा सञ्चालन गर्न उद्योग व्यवसायीहरुका लागि विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानीसम्बन्धी विधेयक, अनलाइनमार्फत उद्योग दर्ता गर्ने लगायत सेवा सुबिधामा सहजता ल्याएको छ । तर, लगानीको वातावरण संग्लिंदै गएको अवस्थामा कोरोना भाइरस र विपदजस्ता तत्कालिन संकटबाट जोगिन समेत योजना बनाउनुपर्ने अर्थविद् बताउंछन् ।
सरकारले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनको साथै निर्यात प्रवद्र्धन जोड दिएको छ । यस्तो अवस्थामा लगानी गर्न सके छोटो समयमा उद्योगी ब्यवसायीहरुले राम्रो लाभ लिन सक्नेछन ।
प्रतिक्रिया दिनुहोस्