ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगायो, नेपालमा औषधी अभाव हुने आशंका (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौँ, २३ फागुन ।  कोरोनाको त्रास बढ्दै गएपछि भारतले मंगलबारदेखि विभिन्न २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । धेरै जसो औषधी र यसका कच्चा पदार्थका लागि भारतसंग निर्भर नेपालमा भने भारतको औषधी रोक्ने निर्णयले तरंग ल्याएको छ । नेपालमा औषधी अभाव हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । तर औषधी व्यवस्था विभागले भने भारतले निर्यात रोकेका औषधीहरु नेपालमै पनि बन्ने भएकोले तुरुन्तै अभाव नहुने जनाएको छ ।

भारतमा समेत कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेपछि भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । गत मंगलबार भारतको वैदेशिक व्यापार निर्देशनालयले एक सूचना जारी गर्दै औषधी निर्यातमा रोक लगाएको जनाएको थियो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित असरलाई ध्यानमा राख्दै देशका लागि पर्याप्त भण्डारण गर्न भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ती औषधी निर्यात रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महानिर्देशनालयले एचएस कोड च्याप्टर २९ तथा ३० मा रहेका २६ प्रकारका औषधी निर्यात ‘फ्रि’बाट ‘रेस्ट्रिक्टेड’ बनाएको हो । ती औषधीहरू पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन लगायतका छन् । महानिर्देशनालयले मंगलबार जारी गरेको सूचनामा अर्गानिक केमिकल तथा फर्मास्युटिकलको निर्यात रोकेको बताएको छ ।

तर, भारतले विभिन्न २६ प्रकारको औषधी निर्यात रोकेपछि त्यसको असर नेपालमा पर्ने चिन्ता बढेको छ । किनकी, नेपालमा विभिन्न प्रकारका औषधीहरु भारतबाटै आयात हुने गरेका छन् भने नेपाल आफै आत्मनिर्भर भएका भनिएका औषधीका लागि आवश्यक कच्चा पदार्थ पनि भारतबाट आउने गरेको छ । भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगाएपछि नेपालमा औषधी अभाव हुने त होइन भन्ने आशंका पैदा भएको हो ।

एकातिर कोरोना भाइरस प्रवेश गर्ने हो कि भन्ने चिन्ता बढिरहेको छ भने अर्कोतर्फ अत्यावश्यक औषधी समेत नपाइने हो कि भन्ने आंशका पनि जनस्तरमा बढेको छ । जडिबुटी तथा औषधीजन्य कच्चा पदार्थहरुको खानी नै भएपनि नेपालमा सबै प्रकारका औषधीहरु बन्ने गरेका छैनन् । भारत लगायतका विभिन्न देशबाट औषधी आपुर्ति गर्नुपर्ने बाध्यता नेपालसँग रहदैँ आएको छ ।

यद्यपी, औषधी व्यवस्था विभागले भारतले औषधी निर्यात रोकेपनि नेपालमा तत्कालका लागि औषधी अभाव नहुने जनाएको छ । भारतले रोकेका औषधी तथा कच्चा पदार्थ तीन महिनासम्म पुग्नेगरी बजारमा रहेकोले तत्कालका लागि कुनै अभाव सिर्जना नहुने विभागको भनाई छ ।
औषधि विक्रेताहरुले पनि हालसम्म कुनै पनि प्रकारका औषधिको अभाव नभएको बताएका छन् । बरु कोरोना भाइरसको सन्त्रास फैलिएसँगै मास्क र सेनिटाईजरको भने बजारमा अभाव देखिएको छ । विभागले मास्क र सेनिटाईजर आफु मातहतमा नभएकोले त्यसको अभावबारे बोल्न नसकिने बताएको छ । भारतले रोक लगाएका मध्ये अधिकांश औषधी नेपालमै उत्पादन हुन्छन् ।

तर, सुईमा उपलब्ध हुने पारासिटामोल भने मौज्दुत नरहेकोले त्यसको भने अभाव हुन सक्ने विभागको भनाई छ । तीन महिना पछिका लागि भने भारतबाट औषधि खोल्न पहल गर्नुपर्ने विभाग बताउँछ । तर, विभागले औषधिको अभाव नहुने भनेपनि कालोबजारी हुने सम्भावना भने उत्तिकै छ । किनभने नेपालमा भारतबाट आयात हुने जुनकुनै बस्तु आउन केही समय मात्रै रोकियो भनेपनि नेपालमा कालोबजारी हुने विगतको तथ्य छ । भोलि औषधीको हकमा पनि कालोबजारी हुने, भएको औषधी पनि लुकाइने अथवा महंगोमा बेचिन सक्छ । यसतर्फ सरकारले बेलैमा ध्यान पुराउन सके भोलीको दिनमा अभाव सिर्जना हुदैँन । औषधि व्यवस्था विभागका बरिष्ठ औषधि व्यवस्थापक सन्तोष के.सी. कालोबजारीको परिस्थिति भए तुरुन्तै एक्सनमा उत्रिने बताउनुहुन्छ ।

त्यसो त, नेपालमा कोरोना भाइरस देखिएको छैन तर हो–हल्ला व्याप्त छ । त्यसैगरी औषधि अभाव भएको छैन तर औषधि अभाव हुने हो कि भन्ने आशंका र तरंगले घर गरेको हो । बरिष्ठ औषधी व्यवस्थापक के.सी. आवश्यक मात्रै औषधी किन्न र अनावश्यक औषधी किनेर जम्मा नगर्न सुझाव दिनुहुन्छ ।

अत्यावश्यक औषधिको भोलि आयात बन्द भयो भने स्थिति नियन्त्रणमा लिन नसकिने पनि हुनसक्छ । यसर्थ सरकारले भोलिको असहजतालाई अहिले नै अध्ययन गर्दै आवश्यक औषधीहरुको व्यवस्था गर्न सजग हुनुपर्छ । र, कुटनीतिक पहल गर्दै भारतले बन्द गरेको औषधीहरु खुलाउन पनि ध्यान पुराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com