ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगायो, नेपालमा औषधी अभाव हुने आशंका (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन २३, २०७६ शुक्रबार  ११ : २८ बजे

काठमाडौँ, २३ फागुन ।  कोरोनाको त्रास बढ्दै गएपछि भारतले मंगलबारदेखि विभिन्न २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । धेरै जसो औषधी र यसका कच्चा पदार्थका लागि भारतसंग निर्भर नेपालमा भने भारतको औषधी रोक्ने निर्णयले तरंग ल्याएको छ । नेपालमा औषधी अभाव हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । तर औषधी व्यवस्था विभागले भने भारतले निर्यात रोकेका औषधीहरु नेपालमै पनि बन्ने भएकोले तुरुन्तै अभाव नहुने जनाएको छ ।

भारतमा समेत कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेपछि भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । गत मंगलबार भारतको वैदेशिक व्यापार निर्देशनालयले एक सूचना जारी गर्दै औषधी निर्यातमा रोक लगाएको जनाएको थियो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित असरलाई ध्यानमा राख्दै देशका लागि पर्याप्त भण्डारण गर्न भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ती औषधी निर्यात रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महानिर्देशनालयले एचएस कोड च्याप्टर २९ तथा ३० मा रहेका २६ प्रकारका औषधी निर्यात ‘फ्रि’बाट ‘रेस्ट्रिक्टेड’ बनाएको हो । ती औषधीहरू पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन लगायतका छन् । महानिर्देशनालयले मंगलबार जारी गरेको सूचनामा अर्गानिक केमिकल तथा फर्मास्युटिकलको निर्यात रोकेको बताएको छ ।

तर, भारतले विभिन्न २६ प्रकारको औषधी निर्यात रोकेपछि त्यसको असर नेपालमा पर्ने चिन्ता बढेको छ । किनकी, नेपालमा विभिन्न प्रकारका औषधीहरु भारतबाटै आयात हुने गरेका छन् भने नेपाल आफै आत्मनिर्भर भएका भनिएका औषधीका लागि आवश्यक कच्चा पदार्थ पनि भारतबाट आउने गरेको छ । भारतले २६ प्रकारका औषधी निर्यातमा रोक लगाएपछि नेपालमा औषधी अभाव हुने त होइन भन्ने आशंका पैदा भएको हो ।

एकातिर कोरोना भाइरस प्रवेश गर्ने हो कि भन्ने चिन्ता बढिरहेको छ भने अर्कोतर्फ अत्यावश्यक औषधी समेत नपाइने हो कि भन्ने आंशका पनि जनस्तरमा बढेको छ । जडिबुटी तथा औषधीजन्य कच्चा पदार्थहरुको खानी नै भएपनि नेपालमा सबै प्रकारका औषधीहरु बन्ने गरेका छैनन् । भारत लगायतका विभिन्न देशबाट औषधी आपुर्ति गर्नुपर्ने बाध्यता नेपालसँग रहदैँ आएको छ ।

यद्यपी, औषधी व्यवस्था विभागले भारतले औषधी निर्यात रोकेपनि नेपालमा तत्कालका लागि औषधी अभाव नहुने जनाएको छ । भारतले रोकेका औषधी तथा कच्चा पदार्थ तीन महिनासम्म पुग्नेगरी बजारमा रहेकोले तत्कालका लागि कुनै अभाव सिर्जना नहुने विभागको भनाई छ ।
औषधि विक्रेताहरुले पनि हालसम्म कुनै पनि प्रकारका औषधिको अभाव नभएको बताएका छन् । बरु कोरोना भाइरसको सन्त्रास फैलिएसँगै मास्क र सेनिटाईजरको भने बजारमा अभाव देखिएको छ । विभागले मास्क र सेनिटाईजर आफु मातहतमा नभएकोले त्यसको अभावबारे बोल्न नसकिने बताएको छ । भारतले रोक लगाएका मध्ये अधिकांश औषधी नेपालमै उत्पादन हुन्छन् ।

तर, सुईमा उपलब्ध हुने पारासिटामोल भने मौज्दुत नरहेकोले त्यसको भने अभाव हुन सक्ने विभागको भनाई छ । तीन महिना पछिका लागि भने भारतबाट औषधि खोल्न पहल गर्नुपर्ने विभाग बताउँछ । तर, विभागले औषधिको अभाव नहुने भनेपनि कालोबजारी हुने सम्भावना भने उत्तिकै छ । किनभने नेपालमा भारतबाट आयात हुने जुनकुनै बस्तु आउन केही समय मात्रै रोकियो भनेपनि नेपालमा कालोबजारी हुने विगतको तथ्य छ । भोलि औषधीको हकमा पनि कालोबजारी हुने, भएको औषधी पनि लुकाइने अथवा महंगोमा बेचिन सक्छ । यसतर्फ सरकारले बेलैमा ध्यान पुराउन सके भोलीको दिनमा अभाव सिर्जना हुदैँन । औषधि व्यवस्था विभागका बरिष्ठ औषधि व्यवस्थापक सन्तोष के.सी. कालोबजारीको परिस्थिति भए तुरुन्तै एक्सनमा उत्रिने बताउनुहुन्छ ।

त्यसो त, नेपालमा कोरोना भाइरस देखिएको छैन तर हो–हल्ला व्याप्त छ । त्यसैगरी औषधि अभाव भएको छैन तर औषधि अभाव हुने हो कि भन्ने आशंका र तरंगले घर गरेको हो । बरिष्ठ औषधी व्यवस्थापक के.सी. आवश्यक मात्रै औषधी किन्न र अनावश्यक औषधी किनेर जम्मा नगर्न सुझाव दिनुहुन्छ ।

अत्यावश्यक औषधिको भोलि आयात बन्द भयो भने स्थिति नियन्त्रणमा लिन नसकिने पनि हुनसक्छ । यसर्थ सरकारले भोलिको असहजतालाई अहिले नै अध्ययन गर्दै आवश्यक औषधीहरुको व्यवस्था गर्न सजग हुनुपर्छ । र, कुटनीतिक पहल गर्दै भारतले बन्द गरेको औषधीहरु खुलाउन पनि ध्यान पुराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com