बर्दिया,२२ फागुन
बर्दियामा दुई थान भरुवाबन्दुक र गोली सहित एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ९ टेपरी गाउँका ५७बर्षिय दिपबहादुर खड्का रहेका छन् ।
प्रहरीले खड्काको माछा पोखरी किनारमा रहेको सानो झुपडी घरमा भरुवाबन्दुक लुकाई राखेको भन्ने गोप्य सुचना पाएको आधारमा खानतलासी गरेको थियो । खानतालसी गर्दा उक्त स्थानमा दुई ओटा भरुवाबन्दुक, भरुवाबन्दुकको गोली १९ थान, केप १७थानबारुद २ डिब्बा फलामको बेरिङ सहितको डिब्बा एक थान फेलापारेको प्रहरीले जनाएको छ । खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजनाशिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरीरहेको जिल्लाप्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक योगन्द्र कुमार खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्