काठमाडौं, २१ फागुन । मिर्गौला प्रत्यारोपण सफल भएपछि पोष्ट अपरेटिभ आईसीयूमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका शीर्ष नेता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितका मन्त्री, सांसद लगायतका नेताहरु प्रधानमन्त्रीको अवस्था बुझ्न अस्पताल पुग्नु भएको हो । प्रधानमन्त्रीको उपचारका संलग्न डा. प्रेमराज ज्ञवालीसहितका चिकित्सकसँग वरिष्ठ नेता नेपाल सहित नेताहरुले पछिल्लो अवस्थाको जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्