काठमाडौं, २१ फागुन । बुधबार पुन : अर्थमन्त्रीमा नियुक्त डा. युवराज खतिवडाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उहाले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गर्नुभएको हो ।
उहालाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो । संसद सदस्य नरहेपछि उहाले मंगलबार नै पदबाट राजीनामा दिनुभएको थियो । तर उहा राजीनामा दिएको भोलिपल्ट बुधबार खतिवडा पुन अर्थमन्त्री नियुक्त हुनुभएको हो । अर्थ मन्त्रालयपछि उहाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्