काठमाडौं २१ असार । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल भएको छ । ३३४ तह मध्ये ३०५ को घोषित परिणाममा एमाले १३४ तहका प्रमुख जित्न सफल भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले ११५ स्थानमा र माओवादी केन्द्रले ३६ तहमा जितेको छ । अन्य साना दलहरुमा राप्रपाले अप्रत्याशित रुपमा नेपालगन्ज उपमहानगर प्रमुख र झापाका ३ वटा गाउंपालिका प्रमुख गरी ४ तहमा जित हात पारेको छ । संघीय समाजवादी फोरम र लोकतान्त्तिक फोरमा ६ । ६ तहमा प्रमुख जित्न सफल भएका छन् । औपचारिक रुपमा चुनाव बहिस्कार भनेको राजपा समर्थित उमेदबारले दुई तहमा प्रमुख जितेका छन भने राजमोल प्युठानका २ गाउंपालिकामा प्रमुख जित्न सफल भएको छ ।
एबीसी एक्जिट पोलको प्रक्षेपण शतप्रतिशत मिल्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्