ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जल्दै छ दिल्ली : नागरिकता ऐन विरोध र समर्थन हिंसा प्रतिहिंसामा परिणत


एबीसी न्यूज


काठमाडौं, १४ फागुन । छिमेकी मुलुक भारतमा नागरिकता ऐन संशोधन कार्यान्वयनको विषयले शक्तिशाली मोदी सरकारको अग्निपरीक्षा लिइरहेको छ । भारतीय जनता पार्टीले चुनावी नारा बनाएको यो विषय कार्यान्वयनको चरणमा आउँदा नै देशव्यापी विरोध र ध्रुबीकरण सुरु भएको छ । विरोध र समर्थन हिंसा प्रतिहिंसामा परिणत भएको छ । राजधानी दिल्ली हिंसाको रापले जलेको छ ।

छिमेकी भारतको राजधानी दिल्ली यतिबेला जलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा नयां दिल्ली शान्त देखिए पनि यमुना पारको पूर्वी दिल्लीमा भने हिंसा भड्किएको थियो । तर, यो हिंसा ट्रम्पसंग सम्बन्धित थिएन, यो हिंसा त विवादित नागरिकता संशोधन कानुन सीएएलाई लिएर भएको थियो ।

भारतको संसदबाट पारित सीएए कानुनको विरोधमा भारतीय अल्पसंख्यक मुस्लिम समुदाय, भारतीय विपक्षी दलहरु, बुद्धिजीविहरुले निरन्तर विरोध गर्दै आएका छन् । विपक्षीहरुले सीएए संविधान विरोधी भन्दै विरोध गरिरहेका छन् । सीएए कानुनले धार्मिक रुपमा विभेद गरेको भन्दै विपक्षीहरुले सत्तारुढ भाजपा र मोदी सरकार विरुद्ध देशभर आन्दोलन गरिहेका छन् । यद्यपी, आन्दोलनको केन्द्र यतिबेला राजधानी दिल्ली नै भएको छ ।

दिल्लीको साहिनवाग क्षेत्रमा ७० दिनदेखि भारतीय महिलाहरु मोर्चा कसेर बसेका छन् । सीएए खारेजी विरुद्ध पूर्वी दिल्लीको जाफरवाद, भजनपुरा क्षेत्रमा गत आइतबारदेखि सुरु भएको सरकारविरोधी आन्दोलन विरुद्ध भाजपा र राष्ट्रिय स्वयं सेवक संघका कार्यकर्ताहरु सडकमा उत्रिएपछि दुईपक्षीय भिडन्त भएको छ । बुधबारसम्म २० जना भन्दा बढीको मृत्यु भैसकेको छ । सयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । गुण्डागर्दी र आगजनीबाट दशौं करोडको भौतिक क्षति भएको छ । उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य रहेका क्षेत्रहरूमा हिंसात्मक प्रदर्शन भैरहेको छ । लाठी र ढुंगा बोकेका भिडले कुटपिट गर्दै एक अर्को समुदायविरुद्ध नारा लगाएका छन्  । नागरिकता सम्वन्धि आन्दोलनको समर्थन र विरोधल साम्प्रदायिक हिंसाको स्वरूप लिन थालेपछि मात्रै दिल्ली पुलिसले निकै ढिलो गरी आक्रमणकारीमाथि कारवाहीको आदेश पाएको छ । आक्रमणकारीले सञ्चारकर्मीमाथि पनि हमला गरेका छन् । दंगाको फोटो भिडियो नखिच्न चेतावनी दिएका छन् । हिंसा भड्काएको भन्दै दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन ।

उदेकलाग्दो विषय त यो छ कि, दुई तिहाई बहुमतको शक्तिशाली मोदी सरकार, बीजेपी र आरएसएसले आफ्ना विरोधीहरुलाई कि त पाकिस्तानको बिल्ला भिराउँछ, कि अराष्ट्रवादी तत्वको आरोप लगाउंछ, कि शहरी नक्सलको नाममा दमन गर्न राज्यका सुरक्षा निकायलाई दबाब दिन्छ । यो आरोप हामीले लगाएका हैनौं, भारतीय विपक्षी दल बुद्धिजीविहरुले नै लगाएका हुन् । तथ्यहरुबाट बीजेपी सरकार विपक्षीहरुप्रति निरन्तर कु्रर बन्दै गएको विश्लेषण गर्न सकिन्छ ।

जाफरावादमा सीएए विरुद्धको आन्दोलनलाई बिथोल्न बीजेपीका नेता कपिल मिश्राले भड्काउ भाषण गरेपछि सबैभन्दा बढी हिंसा फैलिएको छ । त्यसो त, बीजेपीका कैयौं नेता मात्र होइन, मोदी सरकारका मन्त्रीहरुले नै सीएए विरोधीहरुलाई गोली हानी मार्नका लागि खुल्लमखुल्ला भड्काउ भाषण गरिसकेका छन् । त्यसैको परिणामस्वरुप जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमाथि बीजेपी समर्थक युवाले दिल्ली प्रहरीकै सामुन्ने गोली हानेका छन् । साहिनवागका मुस्लिम महिला आन्दोलनकारीमाथि गोली प्रहारको घटना भैसकेको छ । जाफरावाद, भजनपुरा क्षेत्रमा सीएएको समर्थकहरुले सीएए विरोधीहरुमाथि छानिछानी आक्रमण गरेका छन् ।
सन् २०१४ मा मोदीको पहिलो शासन युग सुरु भएयता अल्पसंख्यक समुदाय विरोधी हिंसा सामान्य बन्न थालेको थियो । अहिले मोदीको दोस्रो इनिङमा अल्पसंख्यक सिध्याउने अभियानै चलेको जस्तो दृश्य देखिन थालेका छन् ।

दक्षिणपन्थी उग्रराष्ट्रवादले उन्मत्त भाजपाले आफ्नो विचारधारअनुसार भारतमा हिन्दु नियन्त्रित राज्य बनाउन चाहन्छ । तर, भाजपाले भारतलाई हिन्दु गणतन्त्र बनाउने मुद्दालाई अघि बढाउन भने सक्दैन । भारतीय संविधानले धर्म निरपेक्षताको वकालत गर्छ । भारतमा अल्पसंख्यक धार्मिक सम्प्रदाय एवं दलितमाथि हुने दमनले भारतीय सांस्कृतिक चेतना कतिसम्म निर्मम बन्दै गएको छ भन्ने प्रष्ट पार्छ । शक्तिको उन्मादले इन्दिरा गान्धीको अवसान भयो ।

शक्तिको उन्मादले विश्वकै राजनेता बन्ने चरम महत्वकांक्षा बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीकै राजनीतिक साखलाई क्षयिकरण गर्ने पक्का छ । हङकङमा ६ महिनासम्म लगातार प्रदर्शन भइरहँदा जम्मा दुई जनाको ज्यान गयो । हङ्कङ पुलिसले अत्यधिक संयम अपनाएको थियो । तर दिल्लीमा दिल्ली पुलिस विपक्षीलाई ठेगान लगाउने सत्ताधारीको हतियार बनेको छ । जवाहरलाल विश्वविद्यालय र जामियाको लाइब्रेरीमा दिल्ली पुलिसको आतंक विश्वले रेकर्ड गरेर राखेको छ । यतिबेला मोदीको भारत जलिरहेको छ र यसपटक जलिरहेको भारत देखाउन कुनै दक्षिण भारतीय सिनेमाको आवश्यकता छैन । जे भैरहेको छ, प्रत्यक्ष लाइभ भैरहेको छ । बीजेपी र मोदी सरकारले उठाइरहेको यो जोखिमले पूरै भारत मात्र होइन, दक्षिण एसिया नै प्रभावित हुन्छ । भारतमा हिंसाको संस्कृति बढ्दै जांदा आधुनिक इतिहासकै ठूलो मानवीय संकट समेत पैदा हुन सक्छ ? के भारतले समयमै देशभित्र सल्केको आगोलाई निभाउन सक्छ ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com