ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुलाई खराब देख्ने हामीलाई आफ्नो स्वार्थमा चोरिएको दूबो र फूलले कति पोल्यो ?


एबीसी न्यूज
फाल्गुन १०, २०७६ शनिबार  ५ : ५६ बजे

हाम्रो देशको राजधानी, हाम्रो महानगर, हाम्रो काठमाडौं । विश्वका नाम कमाएका अखबारहरुले लेखिरहेका छन् । विश्वका सिमित आकर्षक पर्यटकीय गन्तब्यमध्येको एक शहर ।

धन्यवाद, ती अखबार, म्यागेजिन र ट्राभल कम्पनीहरुलाई, जसले हाम्रो काठमाडौंलाई विश्व भरका पर्यटकका लागि लोभ्याईदिए । प्रकृतिले जे दिएको छ त्यसलाई सोही अवस्थामा सुरक्षित राख्न सक्नु पनि पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण हुन्छ । थाहा छैन, काठमाडौंले आफूलाई प्राकृतिक रुपमा बचाएको छ वा बिकासको आधुनिक विश्व गतिसँगै तालमा ताल मिलाएर दौडिएको छ ? विश्वका प्रमुख १० आकर्षक पर्यटकीय गन्तब्यमा काठमाडौंको नाम नछुट्नुमा पक्कै पनि यहाँ भित्र कुनै न कुनै चमत्कार त अवश्य पनि भएकै हुनुपर्छ । वा पशुपति नाथको कृपा भन्नु पर्छ ।

केहि महिना अघि चिनियाँ राष्ट्रपति सी जीन पिङको भ्रमण अवसरमा तीनकुनेमा रोपेको दूबो नेपालीहरुमध्ये केहिले चोरे । नेता वा अरुलाई खराब देख्ने हामीलाई आफ्नो स्वार्थमा चोरिएको दूबो र फूलले कति पोल्यो ? तर हाम्रो सभ्यता र संस्कृतिको गिर्दो स्तरले हाम्रो चेतनालाई चाहिँ उजागर र्गयो ।

हिजो मात्र पशुपतिमा महाशिवरात्रीमा यस पटक सजाईएको मन्दिर परिसर निकै भव्य र हेरौं हेरौं लाग्ने थियो । शिवरात्रीको विहान पशुपति क्षेत्रमा पुग्दा गेटहरुम सजाईएको फूलैफूलको सुन्दरताले जो कसैलाई लोभ्याउँथ्यो ।

पूजा गर्न जाने र पूजा गर्न जानेहरु सुन्दर गेटमा आफूलाई राख्न सेल्फी पोजमा रमेका दृष्यहरु निकै आनन्ददायक थिए । निकै नै लोभ्याएको थियो त्यो सिंगारले पशुपति पुग्ने जो कोहिलाईपनि । तर असभ्यताको पराकाष्टा बढ्दा फूलैफूलले सजिएका पशुपतिका गेटहरु चौबिस घण्टा पनि सुरक्षित रहन सकेनन् । करौडौंको फूलले सजाईएका गेटहरु केही स्वार्थी र असभ्य चेतनाले फिक्का बन्दै गए । सुरक्षा गार्डले गाली गरेको देख्दादेख्दै आँखा छली चोर्नेहरुको समेत कमी देखिएन ।

लाग्छ सवै भन्दा मानिसलाई सवै भन्दा खराव उप दिनुपर्दा बादर भन्निछ तर त्यस क्षेत्रमा रहेको बादरबाट करौडौंको फूल बचाउन सकियो तर निकै चेतान भएको आफुलाई संसारको चेतनशलि भन्नेहरुबाट बचाउन सकिएन । अझ सुन्दर फूलहरु चोर्न अभिभावकले आफ्ना साना नानीहरु प्रयोग गरेको देख्दा शिवरात्रीमा समेत सत्कर्म होईन् चोर्न सिकाउने बाबुआमाले भविष्यमा उनीहरुलाई कस्तो नागरिक बनाउने होलान् भन्ने जिज्ञास मन मनै उब्जीएको छ । आफ्नो लाज ढाक्न चोर्नेहरु वा चोराउने अभिभावकहरु मन्दिरको प्रसाद लिएको भनेर गर्व गर्लान् तर चोरिएको फूल पशुपतिनाथ मन्दिरको होइन् बाहिर गेटमा सजाईएको हो ।

अझ दुःख लाग्दो पाटो के भने सजाईएको गेटबाट फूल चोर्दा त्यसको सैेन्दर्यतामा कुरुपता आउँछ भन्ने बुझ्नेहरु नै बढी थिए । विद्यालयका बालबालिका मात्र होइन् विश्वविद्यालयका तन्नेरीदेखि बच्चा च्याप्दै गरेका अभिभावक समेत चोरीमा संलग्न देखिन्थे । चोरी गरेको फूलहरु सोही ठाउँमा राख्न लगाउने सुरक्षाकर्मीको आँखा छली फूल लुकाएका दृष्यहरुले चोर्नेलाई भन्दा देख्नेलाई लाज लागि रहेको थियो । शिवरात्रीको लागि फुलैफुलले सजाइएको पशुपति क्षेत्र एकाएक रंग उडेको जस्तो देखियो ।

बिहीवार र शुक्रवार रंगिचंगी फुलले सजाएर आकर्षित देखिएको पशुपति फुल चोरी भएपछि रंग उडेको कपडा जस्तै देखिएको छ । शिवरात्रीको लागि पशुपति विकास कोषले ठूलै खर्चमा फूलहरुले सजाएको थियो । तर, त्यो सजावट शिवरात्री सकिएको केही घण्टासम्म टिक्न सकेन जो चेतनशिल भन्नेहरुवाटै । जुन राष्ट्रका नागरिक आफ्नो कर्तव्यमा दृढ हुन्छन, त्यही राष्ट्र सबल बन्छ ।

जुन समाजमा चरित्रवान् मानिसको वर्चश्व हुन्छ त्यो समाज सभ्य बन्छ । सामाजिक सुख, शान्ति र प्रगतिको मापन पनि त्यही हो । बोलेको र सपना देखेको भरमा न कुनै समाज सभ्य हुन्छ, न हाम्रो राष्ट्र सुन्दर र भव्य मानिन्छ न त देखाइएको सपना पूरा हुन्छ । यसका लागि हरेक क्षेत्रमा कर्मशील र सक्रिय बन्न सक्नुपर्छ ।

अनि नियम, कानुन र अनुशासनको दायरामा बसेर समाज सभ्य बनाउँदै राष्ट्रको भव्यता झल्काउन सक्ने छौं । नागरिक र नैतिक शिक्षा सभ्य, अनुशासित, सहयोगी, परोपकारी समाज निर्माणका आधार हुन् । यो घरबाटै लिइने शिक्षा पनि हो । तसर्थ आफ्ना सन्तानलाई कस्तो शिक्षा प्रदान गर्ने यो अभिभावकको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com