ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामेछापमा निर्वाचनको तयारी पुरा , ९० वटै मतदान स्थलबाट परिचयपत्र बितरण


एबीसी न्यूज
मंसिर ९, २०७४ शनिबार   १० : १४   बजे

रामेछाप ९ मंसिर । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तिथि नजिकिएसंगै रामेछापमा निर्वाचनको तयारी लगभग पुरा भएको छ । निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले शुक्रबार र आज मतदाता परिचयपत्र बितरण गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायका अनुुसार जिल्लाको ९० वटै मतदान स्थलबाट मतदाता परिचय बितरण भईरहेको छ। रामेछापका गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा १८ हजार बढि मतदाता रहेका छन् । बितरण हुन बाकि २ हजार र नयाँ थपिएको १८ हजार सहिति २० हजार मतदाता परिचयपत्र शुक्रबार र शनिबार बितरण गर्ने योजना अनुरुप मतदाता परिचयपत्र बितरण भैरहेको जिल्ला निर्वाचन अधिकारी उपाध्यायले बताए ।

निर्वाचनका लागि जिल्लामा १५ सय २८ कर्मचारी परिचालन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९० मतदान स्थल र १ सय ९१ वटा मतदान केन्द्र रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ मतदाताले निर्वाचनमा भाग लिदै छन् । जिल्लाको ९० मतदान स्थलमध्य १४ अति सम्वेदनशिल , २३ सम्वेदनशिल र ५३ सामान्य अवस्थामा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । अति सम्वेदनशिल मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको समयमा मतदान स्थलमा हुन सक्ने अप्रीय घटनाहरुलाई मध्यनजर गर्दै रामेछापमा २२ सय भन्दा बढि सुरक्षा कर्मी खटिएका छन् । निश्पक्ष र स्वतन्त्र अनि भएरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाईएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले बताए ।
यसैबिच शुक्रबारै रामेछापमा गृहसचिव मोहोनकृष्ण सापकोटा , नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख दिलिप रेग्मी र नेपाली सेनाका उच्च अधिकारी सहितको टोलीले रामेछापको निर्वाचन सुरक्षाका सवालमा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनीहरुले रामेछाप आएर निर्वाचनमा शान्ति सुरक्षा मजवुद बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group