कोहलपुर, ८ फागुन। बाँकेको कोहलपुरबाट लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका १२ भरैया नजिकबाट बिहीबार दिउँसो १२ किलो लागुऔषध चरेशसहित एक युवक पक्राउ परेका हुन् । ५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले १२ किलो चरेशसहित उनीलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर नगरपालिका १२ बस्ने ३२ वर्षिय आकाश आरसीलाई पक्राउ गर्न सफल भएको थियो । उनीलाई आवश्यक कारबाहीका लागि ब्यूरोले इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएको छ ।








प्रतिक्रिया दिनुहोस्