ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यवेक्षकको जिम्मा पाएका ५२ वटा संस्थाले के गर्दै छन् ?


sharan sharan

काठमाडौं, ९ मंसिर । मङ्सिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसधाको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लाामा हुने निर्वाचनका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति तथा न्याय, शान्ति र लोकतन्त्रका लागि समावेशि महिला सञ्जालको संयोजनमा स्वतन्त्र पर्यवेक्षकहरु परिचालन गरिने भएको छ । निर्वाचन आयोगबाट ५२ वटा विभिन्न संस्थाहरुलाई अनुमति दिएको जानकारी दिएको छ । प्रदेशसभा र प्रतिनिधिसभाका लागि ४५ हजार ५ सय जना पर्यवेक्षक परिचालन गरिएको आयोगले जनाएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आचारंसहिताको पालना गर्नुपर्ने, प्रचार प्रसारको खर्चको सीमा, निर्वाचनमा हिंसा, मतदात शिक्षा, निर्वाचन आयोगका स्वतन्त्र, लैङिक एवं समावेशिताको सवाललाई पर्यवेक्षकहरुले निर्वाचनका दिनमा ख्याल गर्नुपर्ने राष्ट्रिय पर्यवेक्षक निर्वाचन समितिका महासचिव डा. गोपालकृष्ण शिवाकोटीले बताउनुभयो । शिवाकोटीले पर्यवेक्षक भएर मतदानस्थलमा गएपछि आफ्नो जिम्मेवारी इमान्दार ढङगले बहन गरी दिनु पनि पर्यवेक्षकहरुलाई आग्रह गर्नुभएको छ । कतिपय मतदानस्थल र केन्द्रहरुमा लैंगिकमैत्री नभएका कारण समस्या हुने गरेको पाइएको छ । अपाङगमैत्री नहुनु जेष्ठ नागरीक, गर्भवती, सुत्केरी र विरामी मतदाताहरुलाई सहज बनाउन मंङ्सिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावलाई महिला पर्यवेक्षकहरु १ सय ६० जना खटाएको शान्ति लोकतन्त्र महिला सञ्जालकी महासचिव शोभा बस्नेतले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका पर्यवेक्षकले चुनावी अभियानलाई स्वतन्त्र, निष्पक्ष र धाधलीरहित निर्वाचनमा सहयोग गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com