बुटवल, ७ फागुन ।
प्रदेश नम्बर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले सूचना र सन्चार प्रवाहमा समयानुकुल परिवर्तन जरुरी भएको बतानु भएको छ ।
राष्ट्रिय समाचार समितीको ५९ औं स्थापना दिवसका अवसरमा रासस प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख यादवले सुचना र सञ्चार प्रवाहलाई समयानुकुल परिवर्तन गरेर मात्र संघियताको ब्यवहारीक कार्यान्वयन हुन सक्ने बताउनु भयो ।
प्रदेशप्रमुख यादवले संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास गर्दै राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिकोलागी सञ्चारको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहांले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात गरी त्यसको माध्यमबाट राष्ट्रिय एकता¸ सदभाव र भातृत्वको अभिवृद्धि आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवन कुमार भट्टले मानवीय जीवनशैली र मानवअधिकारको विषयमा मिडियाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । सहभागिहरुलाई स्वागत गर्दै रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सीले राज्यको पक्षधारितामा रहेर राससले समाचार उत्पादन तथा रिर्पोटिंग गरिरहेको बताउनु भयो ।
समारोहमा रासस प्रदेश ५ बाट स्थानिय संवाददातामा रासस पश्चिम नवलपरासीका संवाददाता मोहन पौडेललाई उत्कृष्ठ सम्बाददाताकारुपमा प्रदेश प्रमुख यादवले नगद तथा सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्