ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाभित्रका सडकको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन


admin

काठमाडौ, २१ असार । संसदीय समितिले उपत्यका भित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ ।
व्यवस्थापिका संसद विकास समितिको मंगलबार बसेको बैठकले उपत्यकाभित्रका सडकको तत्काल विस्तार गर्न र विजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकलाई तीन महिना भित्र दुरुस्त बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । समितिले राजमार्गको सडक विकास एव्म विस्तार गर्ने तथा सहरी यातायात विकास गर्ने प्रणालीलाई सुदृढीकरण गरी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न÷गराउन पनि सरकारलाई सचेत गराएको छ ।
समितिले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक खण्ड विस्तारको काम छिटो सम्पन्न गर्न पनिसरकारलाई निर्देशन दिएको छ । सडक खण्ड विस्तारका लागि घर÷जग्गाको मुआब्जासम्बन्धी समस्या तत्काल समाधान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइएको समितिका सभापति अधिकारीले बताउनुभयो । समितिले सडक विस्तारमा देखिएको समस्या छिटोभन्दा छिटो टुंग्याउन र सर्वोच्च अदालतको आदेश अनुसार पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरेको छ ।
विकास समितिले मुग्लिन–नारायणगढ सडक छिटो निर्माण सम्पन्न गरि सक्न सरकारलाई फेरि निर्देशन दिएको छ । बैठकमा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले मुआब्जा वितरणका लागि बजेट अभाव हुँदा त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक खण्ड विस्तारको काम अघि बढ्न नसकेको स्पष्ट पार्नु भयो । उहाँले सडक विस्तार गर्ने भनिएपनि सो अनुसार स्रोत र साधनको अभाव रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com