ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’ -नेम्वाङ


ABC News

 

इलाम, ८ मंसिर -रासस- ः पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ठूलो संघर्षपश्चात् प्राप्त भएको संविधानका प्रावधानलाई ठोस कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यही मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अभियानका क्रममा घरदैलोमा रहनुभएका नेकपा९एमाले० नेता नेम्वाङले आज बिहान इलाममा राससँग कुरा गर्दै मुलुकलाई समृद्धि र स्थायित्वतर्फ लैजानुपर्ने बताउनुभएको हो ।

मुलुकलाई समृद्धिको बाटोमा लैजाने राम्रो परिपाटी बसाउन गठबन्धन बनाएको उल्लेख गर्दै उहाँले वामपन्थी, प्रगतिशील र देशभक्तको गठबन्धनले देशमा ठूलो परिवर्तन ल्याउने दाबी पनि गर्नुभयो ।

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन तथा फोरम र राजपाको पनि गठबन्धन भएको उल्लेख गर्दै नेता नेम्वाङले तीन गठबन्धनमध्ये जुन गठबन्धनले जनताको बढी मत पाउँछ उसैले पाँच वर्ष सरकार सञ्चालन गर्छ र अरु प्रतिपक्षमा रहन्छन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “अब देशमा स्थिरता र समृद्धि हुन्छ, यसैका लागि हामी आ–आफ्नो ठाउँबाट लागौँ, तराई, मधेस, पहाड र हिमालसम्म एक भएर सबै जाती, भाषा तथा धर्मका जनता सुमधुर सम्बन्ध कायम गरेर सुन्दर नेपाल निर्माणमा जुटौँ ।”

नेता नेम्वाङले राज्यपुनःसंरचनाअनुसार साविकको क्षेत्र नं २ मा थपिएका क्षेत्रमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्नुभएको छ । भोलिसम्म पुराना गाविस तथा अहिलेका गाउँपालिकाका सबै वडामा पुग्ने उद्देश्य राखेको नेता नेम्वाङ्ले जानकारी दिनुभयो ।

जनता विवेकवान र प्रष्ट भएको आफूले पाएको बताउँदै उहाँले भन्नुभयो, “जनयुद्ध समापन भयो, संविधान पनि बन्यो, अब संविधानको कार्यान्वयन गर्दै समृद्धि चाहियो भन्ने जनताको माग छ ।”

विगत १० वर्षमा आफ्नो क्षेत्रमा ठूलो प्रगति भएको दाबी गर्दै नेता नेम्वाङले थप योजना विस्तार र स्तरोन्नति गर्ने स्पष्ट योजना लिएर आफू जनताको घरदैलोमा पुगेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com