ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यावसायिक प्रतिष्ठान सम्मानित


admin
मंसिर ७, २०७४ बिहीबार  ४ : ०० बजे

चितवन, ७ मंसिर। छैटौ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपरासीका अधिकतम आय कर तिर्ने एक÷एकवटा व्यावसायिक फर्मलाई आज सम्मान गरेको छ ।


कर सप्ताहको समापन समारोहमा भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पताल र नवलपरासीको गैँडाकोटमा रहेको विजय लघुवित्त संस्थालाई सम्मान गरिएको हो ।

आन्तरिक राजश्व कायलय भरतपुरका प्रमुख थानप्रसाद पंज्ञानी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम लगायतका अतिथिले सामुदायिक अस्पतालका उपाध्यक्ष चुणामणि खनाल र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्साललाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो । खनालको संस्था तेस्रो पटक सम्मानित भएको हो ।

नारायणी सामुदायिक अस्पताल चितवनका शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेका अनुभवी व्यवसायीले नेतृत्व गरेको संस्था हो भने विजय लघुवित्त गैँडाकोटको विजय विकास स्रोत केन्द्रले प्रवद्र्धन गरेको संस्था हो । सो अवसरमा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै नायब सुब्बा भुवन खतिवडालाई पनि सम्मान गरिएको थियो ।

यस कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालु आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । कात्तिक मसान्त सम्ममा रु ६ अर्ब ५८ करोड आठ लाख ३७ हजार राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

‘इन्धनको मूल्यले बिथोलियो भान्सा’

नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा नयाँ नियम लागू, बजार संरचनामा ठूलो परिवर्तन

मधेसका नागरिकमाथि ‘सय रुपैयाँको ज्यादती’ : भारतबाट किनमेलमा नयाँ भन्सार नियम !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com