ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यावसायिक प्रतिष्ठान सम्मानित


admin

चितवन, ७ मंसिर। छैटौ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपरासीका अधिकतम आय कर तिर्ने एक÷एकवटा व्यावसायिक फर्मलाई आज सम्मान गरेको छ ।


कर सप्ताहको समापन समारोहमा भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पताल र नवलपरासीको गैँडाकोटमा रहेको विजय लघुवित्त संस्थालाई सम्मान गरिएको हो ।

आन्तरिक राजश्व कायलय भरतपुरका प्रमुख थानप्रसाद पंज्ञानी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम लगायतका अतिथिले सामुदायिक अस्पतालका उपाध्यक्ष चुणामणि खनाल र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्साललाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो । खनालको संस्था तेस्रो पटक सम्मानित भएको हो ।

नारायणी सामुदायिक अस्पताल चितवनका शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेका अनुभवी व्यवसायीले नेतृत्व गरेको संस्था हो भने विजय लघुवित्त गैँडाकोटको विजय विकास स्रोत केन्द्रले प्रवद्र्धन गरेको संस्था हो । सो अवसरमा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै नायब सुब्बा भुवन खतिवडालाई पनि सम्मान गरिएको थियो ।

यस कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालु आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । कात्तिक मसान्त सम्ममा रु ६ अर्ब ५८ करोड आठ लाख ३७ हजार राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com