ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुलाई ब्यूझाँउने पाख्रिन आफुभने सधैंका लागि निदाए (भिडीयो सहित)


sharan sharan
मंसिर ५, २०७४ मंगलबार   ७ : ४६   बजे
शरण कर्माचार्य

काठमाण्डौ,५ मंसिर
जनयुद्धका एक योद्धा, पिताका एक इमान्दार छोरा र माओवादी केन्द्रका एक कुशल ब्यवस्थापक प्रकाश दाहालको निधनको घाउ नसुक्दै नेपाली आकासबाट फेरी एउटा अर्को तारा अस्ताएको छ । नेपाली संगीतका एक जाज्र्वल्यमान नक्षत्र, जनतका प्रिय कलाकार खुसीराम पाख्रिन सबैलाई दुःखी बनाउंदै धर्तीबाट अस्ताएका छन् ।
मन थकित भएर अस्ताएका बेला पनि जब खसीराम गुन्जिन्थे मान्छेका मन जुरुक्क उठ्ने गर्दथ्यो । साहुका ऋणले शिर उठाउनै नसकेर निम्छरो जीवन बिताइरहेका दीनदुःखीलाई खुसीरामका गीतहरुले जुरुक्क उचाल्थ्यो । हुने खानेहरुको शासनबाट पिल्सिएर मृत्युसंग जुधिरहेकाहरुले जब खुसीराम सुन्थे फेरी उनीहरुमा उर्जा भरिन्थ्यो र बिद्रोह दन्कन्थ्यो । हो , जनतालाई जगाउने उनै खसीराम गीत गाउंदागाउंदै अस्ताएका छन् ।

प्रचण्ड पुत्र प्रकाशको श्रद्धान्जली सभा चलिरहेका बेला चितवन बसपार्कमा थप अर्को शोक थपिएको छ । तीनै जनताका कलाकार खुसीराम पाख्रिन कहिल्यै नब्युंझने गरी अस्ताएका छन् । क्रान्तिको उभार शिखरमा पुगेका बेला होस वा टुटफुटले नेपाली कम्युनिष्टहरु खण्डित भएका बेला खुसीरामका रचना फेरी हाल्थे र क्रान्त्रिका विपक्षमा लाग्ने तप्कालाई पाख्रिनको प्रहार सुरु भै नै हाल्थ्यो ।
टुटफुट खण्डितको कुरा नगर,
आत्मसमर्पणको कुरा नगर …..
यही गीत गाउंदै रुकुमको चुनवाङमा खुसीरामका गीत गाइरहंदा माओवादी अध्यक्ष प्रचण्डसहित माओवादीका नेताहरु डांको छाडेर रोएका थिए कुनै बेला । राजनीतिले जस्तोसुकै मोड लिए पनि खुसीराम कहिल्यै थाकेनन् । बरु उनले क्रान्ति भुल्न खोज्ने नेताहरुलाई झक्झकाइरहे ।
बगेको नदी सुकेको कहां छ र ?
जनयुद्ध हाम्रो टुङ्गिएको कहां छ र ?
नेपालमा सशस्त्र क्रान्ति सफल हुनै सक्दैन भन्दै पूंजीवादीहरु र संशोधनवादीहरु कुर्लिरहेका बेला खुसीराम भने कसले भन्छ क्रान्ति यहां सफल हुंदैन भन्दै संगीतका भाकामा सामन्तीहरुलाई थर्काउने गर्दथे ।
कसले भन्छ क्रान्ति यहां सफल हुंदैन…..
खसीरामले भने जस्तै क्रान्तिको बाटो मोडिन सक्छ, दायांबायां चिप्लिन सक्छ । तर क्रान्तिप्रतिको श्रमजीवीहरुको निष्ठा न कहिले दायांबायां चिप्लने छ न त कतै आत्मसमर्पण गर्ने नै छ । हो, आज तीनै जनताको कलाकार सधैंका लागि अस्ताएका छन् । खसीराम अस्ताए पनि उनले गाएको गीतहरु देश र जनताका लागि राजनीति गर्छु भन्नेहरुमाझ कहिल्यै अस्ताउने छैनन् । उनी जनताको मन र मस्तिस्कमा सधै जिउंदो ऊर्जा बनेर बांचिरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group