ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रमा न्यायको खोजीमा भौंतारिदै जनता


एबीसी न्यूज
माघ ६, २०७६ सोमबार  ४ : ५६ बजे

१० वर्षे जनयुद्धपछि स्थापना भएको लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न थालिएको लामो समय भइसक्दा पनि सबै जनताले मौलिक हक, स्वतन्त्रता र न्याय पाउने नैसर्गिक अधिकारको उपभोग शतप्रतिशत गर्न पाएका छैनन् । त्यसपछि स्थापना भएका राजनीतिक दलहरू, जन्मिएका सबै नेताहरू, सबैको उद्देश्य एउटै हो भन्छन् तर ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएको छ मेरो देशमा ।

मेरो जीवनको चार दशकमा मैले पञ्चायती व्यवस्था, वहुदलीय व्यवस्था, लोकतन्त्र, गणतन्त्रजस्ता व्यवस्थाहरू अनुभव गर्न पाएँ । सबै व्यवस्थाहरूको उद्देश्य राष्ट्र निर्माण नै भए तापनि विकृति र विसंगति, भ्रष्टाचार, विभिन्न खालका अपराधहरूको वृद्धि र विकास हुँदै गएको यी आँखाले देखेकै हो । गणतन्त्रको बहालिपछि त भ्रष्टाचार र अपराध झनै बढेर गएको देखिन्छ ।

आफ्नो मातृभूमिको माया कसलाई लाग्दैन र ? शायद माया नलाग्नेहरूले अपराध र भ्रष्टाचार गर्छन् जस्तो लाग्छ । भ्रष्टाचार गर्नु भनेको त आफ्नै आमालाई लुट्नजस्तो हो । विसंगतिको पनि मात्रा बढेको छ यो देशमा । जनताले स्वतः पाउनुपर्ने अधिकारका लागि पनि लड्नुपर्ने रे,आन्दोलन गर्नु पर्ने रे । अनि कतिपय व्यापार, व्यवसाय गर्नेहरूले ठग्न पाइएन भनेर आन्दोलन गर्ने रे ।

यो कस्तो विडम्बना † राजनीतिक तथा प्रशासनिक दमन विरुद्ध शोषित–पीडितलाई न्याय दिन अधिकारकर्मीका रूपमा क्रियाशील सामाजिक अभियन्ताहरू त प्रशस्तै छन् तर पनि राजनीतिक पार्टीका खोल ओढेका केही भ्रष्टहरू चौतर्फीरूपमा ताण्डव नृत्य गर्दै खुल्ला साढेझैँ देश दौडाहामा निस्केका छन् । यीनीहरुले गरेको आपराधिक गतिविधिहरू देख्दा मेरो मन–मस्तिष्कमा अनेकन प्रश्नहरू उब्जिरहेका छन् ।

के मेरो देशलाई साँच्चिकै निकै नहुने रोग त लागेको होइन ? एउटा हिंसा पीडित महिलाले न्याय पाउदिँन, रातदिन पसिनाका दाना रोपेर साँझ–बिहान सबैको घरका भोजनको मुस्कान पस्कने एउटा किसानले आफ्नो पसिनाको उचित मूल्य पाउन नसक्दा सडकमा उत्रनुपरेको छ । घर, जग्गा धितो राखेर उच्च शिक्षा हासिल गरेका लाखौ युवा विदेशिनुपरेको छ । ऋणमा डुबेका कतिले ऋण तिर्न नसक्दा आत्महत्या गरेका छन् तरपनि सम्वन्धित निकायले सुनेको छैन । यिनै विभिन्न समस्याका कारण कतिपय मानिसहरु डिप्रेसनको शिकारसमेत हुनुपरेको छ ।

द्वन्द्वमा लागेका कतिपय घाउहरूले मलमसमेत पाउन सकेका छैनन्, एकातिर यो पीडा छँदै छ अर्कोतिर भूकम्पमा भत्किएका कयौं हाम्रा गौरव गर्नलायक सम्पत्तिहरू पुनः निर्माण हुन सकेका छैनन् । चुनावी प्रचारका लागि जतिसुकै विकास र समृद्धिका नारा बनाए पनि यथार्थमा जति हुनुपर्ने हो सो हुन सकेको छैन ।

धर्मका नाममा विभिन्न विकृति निम्तिएको छ । दाइजोको बहानामा कतिपय चेली ज्यूँदै जल्नुपरेको छ । मानिसमा मानवता हराउँदै गएको छ । चेलीबेटीहरू असुरक्षित हुँदै गएका छन् । युवा जनशक्ति खाडीमा श्रम बेच्न बाध्य छन् भने तिनैले पठाएका रेमिट्यान्समा सरकार दंग परेको छ । वृद्ध भत्ता खाएर घरमै आराम गर्नुपर्नेहरू संसद भवनको कुर्चीमा आराम गरिरहेका छन् । आरक्षण कोटाको नाममा आफ्ना आसेपासे र चम्चेहरुको राज चलिरहेको छ ।

जनता कुशल नेतृत्व चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन् । विकास र परिवर्तन सम्भव छ तर त्यस अनुसारका नीति नियम बनाउन सरकारले सकेको छैन । यदि हरेक नेपाली हातमा हात मिलाएर अगाडि बढ्ने हो भने हामीले सोचेजस्तो विकास र समृद्धि हाम्रै पालमा सम्भव छ । आफ्नो न्यूनतम अधिकार नपाएर दिनैपिच्छे नागरिक कानुनको ढोका घच्घच्याउन वाध्य छ, यसतर्फ कसैको ध्यान गएको छैन ।

कुर्सीमै निदाएको नाटक गर्ने कर्मचारीहरूलाई जगाउन सक्छौं । अहिले एकले अर्कालाई आरोप लगाएर देश बिगार्ने काम भएको छ । जलस्रोत र प्राकृतिक सम्पदाले विश्वमै कहलिएको देशका जनता हामी, हाम्रा कच्चा पदार्थ तथा जडिबुटीहरू स्वदेशमै प्रशोधन गरी बिक्री गर्न मात्र सक्यौं भने पनि कयौं गुणा आर्थिक उन्नति गर्न सकिन्छ ।

हाम्रा थुप्रै पर्यटकीय स्थलहरूलाई विश्वसामु परिचित गराउन सक्यौं भने पनि हाम्रा दाजुभाइहरूले स्वदेशमै पर्यटक घुमाएर डलर कमाउन सक्छन् । हराउँदै गएको हाम्रो शालीनता र एकताले गर्दा छिमेकीहरूले सहजै हामीमाथि अतिक्रमण गर्न खोजेका हुन् । म एक राष्ट्रप्रेमी युवा भएको कारण देशमा भएका अनेक कुराहरूमा प्रत्यक्ष सरोकार राख्ने गरेको छु । शाब्दिक भाका नमिलेको होला तर पनि म मेरा यी शब्दमार्फत् सम्पूर्ण राष्ट्रप्रेमी, शान्तिप्रेमी र विकास चाहने मन–मस्तिष्कलाई अवश्य पनि घच्घच्याउन सक्ने छ भन्ने आशा गरेको छु ।

लेखक –  जीवन रायमाझी, समाजिक अभियन्ता
हाल सिड्नी, अस्ट्रेलिया

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com