कञ्चनपुर समाचारदाता कञ्चनपुर २१ असार कञ्चनपुरको कृष्णपुर ५ मा नेकपा माओवादी केन्द्र र बेलौरी नगरपालिका–९मा नेकपा एमाले विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मत गणना अनुसार कृष्णपुर–५मा माओवादी केन्द्रका आशाराम चौधरी र बेलौरी ९ मा एमाले वडाध्यक्ष समशेर सिह पेलाको प्यानल विजयी भएका हुन् । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दिल बहादुर देउवालाई २९मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएका छन् । चौधरीले ६६१ र देउवाले ६३२मत ल्याएका छन् । पेलाले आफ्ना निकटमत प्रतिद्वन्दी काँग्रेसका रामदत्त भट्टलाई १८९ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । पेलाले ७०३ र भट्टले ५०७ मत ल्याएका थिए । अहिले बेलौरीका १० र कृष्णपुरमा ४ नम्बर वडाको मत गणना भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्