ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मसंग राज्य निरपेक्ष रहन्छ या सापेक्ष ? यस्तो छ जानकारहरुको धारणा !(भिडियोसहित)


admin
पुस १५, २०७६ मंगलबार  १ : १७ बजे

काठमाडौं, १५  पुस। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र दक्षिण एशियाली अध्ययन केन्द्रले नेपाल र भारतमा धर्मनिरपेक्ष्ँता र राजनीति विषयकको दुई दिने अन्तक्रिया ग¥यो । विश्व लगायत दक्षिण एशियाली राष्ट्रहरुमा धर्मनिरपेक्षताको परिभाषा, यसको विकास र विस्तार एवम् अभ्यास के कसरी भईरहेको छ भन्ने विषयमा दुवै देशका प्राज्ञिक एवम् विदहरु बीच अन्तक्रिया भएको हो । संविधानतः नेपाल र भारत दुवै देशमा धर्मनिरपेक्षताको आ–आफ्नै परिभाषा छ तरपनि यसबारे विज्ञहरुको धारणा भने फरक–फरक रह“दै आएको छ ।

सन् १९७६ मा भारतले धर्मनिरपेक्षताको अवधारणा स्वीकार ग¥यो । नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण एवम् धार्मिक सा“स्कृतिक स्वतन्त्रता भन्ने अर्थमा धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । नेपाल जस्तो बहुधार्मिक एवम् बहु सास्कृतिक देशमा धर्मनिरपेक्षताको परिभाषा अझैपनि आम रुपमा स्पष्ट हुन नसक्दा यसबारे फरक–फरक धारणा अभिव्यक्त भईरहेका छन् । आमजनमानसमा मात्रै होईन प्राज्ञिक एवम् विज्ञहरु पनि यस विषयमा छलफल गरि नै रहेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र दक्षिण एशियाली अध्ययन केन्द्रद्धारा आयोजित कार्यक्रममा नेपाल र भारतलगायत दक्षिण एशियाली देशहरुमा धर्मनिरपेक्षता अवधारणाको विकास, यसको अभ्यास र आगामी प्रभावको बारेमा नेपाल र भारतका प्राज्ञहरुबीचमा छलफल भयो ।

छलफलमा भारतको हरियाणा राज्यको उच्च शिक्षा परिषदको अध्यक्ष्ँ प्राध्यापक डाक्टर ब्रिज किशोर कुथेयाला, प्राध्यापक डाक्टर सुस्मा यादव, भारतको ‘अर्गनाईजर विक्ली’ का सम्पादक प्रफुल्ल केटकर र नेपालबाट नेपाल र दक्षिण एशियाली अध्ययन केन्द्र सिनासको कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्की, वरिष्ठ पत्रकार युवराज घिमिरे र डाक्टर लिला न्याईचयाई लगायतका विज्ञहरुको सहभागि रहेको थियो । पूर्व संविधानसभा सदस्य समेत रहेका त्रिविको पुस्तकालय तथा सूचना प्रविधि विज्ञान विभागका सह–प्राध्यापक लिला न्याईच्याईले Revisiting Discussion on Secularism in Nepal’ विषयमा आफ्नो प्रस्तुतीकरण राखे ।

विश्व राजनीति र अर्थनीतिको प्रभाव धार्मिक र सास्कृतिक पक्षमा गड्दै जानु अघि निकै संवेदनशीलता अपनाईनुपर्ने भारतका विज्ञहरुको सुझाव छ । भारत धर्मनिरपेक्ष देश भएपनि यसको अवधारणा लागू नभएको उनीहरुले बताएका छन् । हरेक शब्द र विचारहरुस“गै धार्मिक, सामाजिक र राजनीतिक मनोविज्ञानको विकास हु“दै जाने भएकोले स्वदेशी शब्द र विदेशी शब्दैपिच्छे नै लुकेर रहेको अर्थलाई पनि छुट्टा–छुट्टै रुपमा परिभाषित गर्दै लानुपर्ने भारतको हरियाणा राज्यको उच्च शिक्षा परिषद्का प्रमुख डाक्टर ब्रिज किशोर कुथलिया सुझाउ“छन् ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले पनि De (Territorial) Civilization of Nepal: Modernity, Politics and Constitution शिर्षकमा आफ्नो प्रस्तुतीकरण दिए । नेपालमा सभ्याताको विकास र पछिल्लो समय भएको माओवादी विद्रोह, जनआन्दोलन र यसले पारेको सामाजिक, आर्थिक विषयलाई कार्कीले स्पष्ट पारेका छन् । विशेषतः धर्मनिरपेक्ष्ँ देशका उच्च पदस्थ व्यक्ति, जनप्रतिनिधि र राजीनीतिज्ञहरुले कुनै पनि धर्म अथवा संस्कृति विशेष महत्व र यसको गतिविधिलाई कुन श्रेणी वा प्राथमिकीकरणमा राख्ने भन्ने विषयमा विज्ञहरुबीच छलफल भयो । धर्मस“ग राज्य निरपेक्ष रहन्छ या सापेक्ष ? मुख्यतः यस विषयमा विद्धान एवम् जानकारहरुले फरक–फरक धारणा राखेका छन् ।

नेपालको संविधान २०४७ अनुसार नेपाललाई बहुभाषिक, प्रजातान्त्रिक, सार्वभौमसत्तासम्पन्न हिन्दू, संवैधानिक राजतन्त्रात्मक अधिराज्य थियो । नेपालको संविधान २०७२ को धारा ४ ले नेपाललाई एक धर्मनिरपेक्ष, समावेशी, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा परिभाषित गरेको छ । संविधानतः बहुजातिय, बहुधार्मिक एवम् बहुसा“स्कृतिक देश नेपालमा मौलिक संस्कार–संस्कृतिलाई उपेक्षा गर्दै विदेशी संस्कृतिको हु–बहु नक्कल गर्नु मात्रै धर्मनिरपेक्षताको मूल सार कदापी होईन । यसर्थ, पुर्खौदेखि चलिआएको परम्पराप्रति हिनताबोध हुनुभन्दा पनि नकरात्मक पक्षलाई सुधार्दै संविधानको मर्म अनुसार धार्मिक सा“स्कृतिक स्वतन्त्रताको पक्षपोषण गर्न तर्फ जिम्मेवारहरुको ध्यान जान आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com