ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मसंग राज्य निरपेक्ष रहन्छ या सापेक्ष ? यस्तो छ जानकारहरुको धारणा !(भिडियोसहित)


admin

काठमाडौं, १५  पुस। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र दक्षिण एशियाली अध्ययन केन्द्रले नेपाल र भारतमा धर्मनिरपेक्ष्ँता र राजनीति विषयकको दुई दिने अन्तक्रिया ग¥यो । विश्व लगायत दक्षिण एशियाली राष्ट्रहरुमा धर्मनिरपेक्षताको परिभाषा, यसको विकास र विस्तार एवम् अभ्यास के कसरी भईरहेको छ भन्ने विषयमा दुवै देशका प्राज्ञिक एवम् विदहरु बीच अन्तक्रिया भएको हो । संविधानतः नेपाल र भारत दुवै देशमा धर्मनिरपेक्षताको आ–आफ्नै परिभाषा छ तरपनि यसबारे विज्ञहरुको धारणा भने फरक–फरक रह“दै आएको छ ।

सन् १९७६ मा भारतले धर्मनिरपेक्षताको अवधारणा स्वीकार ग¥यो । नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण एवम् धार्मिक सा“स्कृतिक स्वतन्त्रता भन्ने अर्थमा धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । नेपाल जस्तो बहुधार्मिक एवम् बहु सास्कृतिक देशमा धर्मनिरपेक्षताको परिभाषा अझैपनि आम रुपमा स्पष्ट हुन नसक्दा यसबारे फरक–फरक धारणा अभिव्यक्त भईरहेका छन् । आमजनमानसमा मात्रै होईन प्राज्ञिक एवम् विज्ञहरु पनि यस विषयमा छलफल गरि नै रहेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र दक्षिण एशियाली अध्ययन केन्द्रद्धारा आयोजित कार्यक्रममा नेपाल र भारतलगायत दक्षिण एशियाली देशहरुमा धर्मनिरपेक्षता अवधारणाको विकास, यसको अभ्यास र आगामी प्रभावको बारेमा नेपाल र भारतका प्राज्ञहरुबीचमा छलफल भयो ।

छलफलमा भारतको हरियाणा राज्यको उच्च शिक्षा परिषदको अध्यक्ष्ँ प्राध्यापक डाक्टर ब्रिज किशोर कुथेयाला, प्राध्यापक डाक्टर सुस्मा यादव, भारतको ‘अर्गनाईजर विक्ली’ का सम्पादक प्रफुल्ल केटकर र नेपालबाट नेपाल र दक्षिण एशियाली अध्ययन केन्द्र सिनासको कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्की, वरिष्ठ पत्रकार युवराज घिमिरे र डाक्टर लिला न्याईचयाई लगायतका विज्ञहरुको सहभागि रहेको थियो । पूर्व संविधानसभा सदस्य समेत रहेका त्रिविको पुस्तकालय तथा सूचना प्रविधि विज्ञान विभागका सह–प्राध्यापक लिला न्याईच्याईले Revisiting Discussion on Secularism in Nepal’ विषयमा आफ्नो प्रस्तुतीकरण राखे ।

विश्व राजनीति र अर्थनीतिको प्रभाव धार्मिक र सास्कृतिक पक्षमा गड्दै जानु अघि निकै संवेदनशीलता अपनाईनुपर्ने भारतका विज्ञहरुको सुझाव छ । भारत धर्मनिरपेक्ष देश भएपनि यसको अवधारणा लागू नभएको उनीहरुले बताएका छन् । हरेक शब्द र विचारहरुस“गै धार्मिक, सामाजिक र राजनीतिक मनोविज्ञानको विकास हु“दै जाने भएकोले स्वदेशी शब्द र विदेशी शब्दैपिच्छे नै लुकेर रहेको अर्थलाई पनि छुट्टा–छुट्टै रुपमा परिभाषित गर्दै लानुपर्ने भारतको हरियाणा राज्यको उच्च शिक्षा परिषद्का प्रमुख डाक्टर ब्रिज किशोर कुथलिया सुझाउ“छन् ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले पनि De (Territorial) Civilization of Nepal: Modernity, Politics and Constitution शिर्षकमा आफ्नो प्रस्तुतीकरण दिए । नेपालमा सभ्याताको विकास र पछिल्लो समय भएको माओवादी विद्रोह, जनआन्दोलन र यसले पारेको सामाजिक, आर्थिक विषयलाई कार्कीले स्पष्ट पारेका छन् । विशेषतः धर्मनिरपेक्ष्ँ देशका उच्च पदस्थ व्यक्ति, जनप्रतिनिधि र राजीनीतिज्ञहरुले कुनै पनि धर्म अथवा संस्कृति विशेष महत्व र यसको गतिविधिलाई कुन श्रेणी वा प्राथमिकीकरणमा राख्ने भन्ने विषयमा विज्ञहरुबीच छलफल भयो । धर्मस“ग राज्य निरपेक्ष रहन्छ या सापेक्ष ? मुख्यतः यस विषयमा विद्धान एवम् जानकारहरुले फरक–फरक धारणा राखेका छन् ।

नेपालको संविधान २०४७ अनुसार नेपाललाई बहुभाषिक, प्रजातान्त्रिक, सार्वभौमसत्तासम्पन्न हिन्दू, संवैधानिक राजतन्त्रात्मक अधिराज्य थियो । नेपालको संविधान २०७२ को धारा ४ ले नेपाललाई एक धर्मनिरपेक्ष, समावेशी, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा परिभाषित गरेको छ । संविधानतः बहुजातिय, बहुधार्मिक एवम् बहुसा“स्कृतिक देश नेपालमा मौलिक संस्कार–संस्कृतिलाई उपेक्षा गर्दै विदेशी संस्कृतिको हु–बहु नक्कल गर्नु मात्रै धर्मनिरपेक्षताको मूल सार कदापी होईन । यसर्थ, पुर्खौदेखि चलिआएको परम्पराप्रति हिनताबोध हुनुभन्दा पनि नकरात्मक पक्षलाई सुधार्दै संविधानको मर्म अनुसार धार्मिक सा“स्कृतिक स्वतन्त्रताको पक्षपोषण गर्न तर्फ जिम्मेवारहरुको ध्यान जान आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com