ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता भइसक्यो, घोषणा मात्र बांकी छ : ओली -प्रचण्ड


एबीसी न्यूज
मंसिर १, २०७४ शुक्रबार   ६ : २७   बजे

काठमाडौं १ मंसिर । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विहीबार बागलुंग, स्यांजा र पर्वतका ३ वटा सभालाई सम्वोधन गर्दै पार्टी एकता भइसकेको घोषणा मात्र बांकी रहेको बताएका छन् । वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न स्याङ्जाको पुतलीबजार पुगेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले देशलाई आर्थिक विकासको लागि वामपन्थी गठबन्धन आवश्यक रहेको सविस्तार व्याख्या गरे ।

स्याङ्जा बजार र वालिङ बजारको दुईवटा सभा, बागलुंगको गल्कोट र पर्वतको कुश्मामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष ओली र मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच वर्षको लागि स्थायी सरकार बनाएर विकासको लहर अगाडि बढाउन वामपन्थी सरकार जरुरी रहेको बताए । ‘हामी कुनै स्वार्थको लागि तालमेल गरेका होइनौं’ओलीले भने, ‘हामी नजिक हुँदा बाहिरी शक्तिहरु आत्तिएको छ । अब ५ वर्ष सरकारमा जान पाउँदैनौ कि भनेर । विकासको नीती, मिति र तिथी नभएकाहरुले सत्ता ओगट्ने मात्र हुन् ।’उनले राष्ट्रले खोजेका नेताहरु अब जनताले आफैं तयार गर्ने बेला आएको रोचक ढंगले बताए ।

‘अबको मार्ग भनेको संघीय शासनको व्यवस्थामा जोड दिनु हो’ ओलीले भने ‘दिगो विकासको रुपमा नेपाललाई अगाडि सार्नुपर्छ भनेर संयुक्त राष्ट्र संघले पनि प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, व्यापार, उर्जा र पुर्वाधारको क्षेत्रमा जोड दिनुपर्छ ।’ यही कुरा बामपन्थी सरकारले पूरा गर्नेछ ।

जनता के चाहन्छन् भन्दा पनि सत्ता कसरी हात लिने र आफूले सत्ताको दुरुपयोग गर्ने भनेर लागीपरेको बाह्य शक्तिको आयु बढी नरहने भन्दै ओलीले नाकाबन्दी जस्तो अप्ठ्यारो समयमा पनि कसैको सामु शिर नझुकाएको नेपाल अब उठ्न लागेको छ । ओलीले भने ‘स्वार्थको लागि भारतसँग शिर झुकाउदिन’, पाँच वर्षभित्र स्थायी सरकार बनाएर विपक्षीहरुले उडाउने मजाकलाई यथार्थमा बदल्ने लक्ष्य छ ।’ पूर्व–पश्चिम, पोखरा–लुम्बिनी र काठमाडौं रेलमार्ग, हिन्द र प्रशान्त महासागरमा नेपालको झन्डा फरफराउँदै पानी जहाज गुडाउने दिन अब धेरै समय छैन ।
ओली र प्रचण्डले पार्टी एकीकरण भइसकेको र आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटै एजेण्डा र एउटै भाषाका साथ वाम गठबन्धन अगाडि बढेको बताए । ०१९ सालबाट विभाजित भएको कम्युनिष्ट आन्दोलन अब एउटै धारमा हिँड्ने बताउँदै उनले अबको आवश्यकता नै वाम गठबन्धन मात्र होइन पार्टी एकता रहेको बताए । ‘७० वर्ष पछि अब ५ वर्षीय स्थायी सरकार बन्छ’ ०४६ मा नै वामपन्थी पार्टीहरु एउटै बनाउन मदन भण्डारीसँग सल्लाह भइसकेको थियो । एकीकरण गर्ने तयारी भइरहँदा उहाँको मृत्यु भयो । जसकारण आजसम्म वामपन्थी एक हुन सकेनन् । नेता र नेतृत्वले समयमा बुद्धि पुर्‍याउन नसके कि त इतिहास सय वर्ष पछि धकेलिन्छ कि त सय वर्ष अगाडि ।’प्रचण्डले सुनाए ।

 

‘निर्वाचन पछाडि पार्टी एकीकरण आधिकारीक रुपमा घोषण गरिन्छ’ प्रचण्डले भने ‘आजसम्म कम्युनिस्टसँग खेलेर अरुले शासन गरे वाम गठबन्धबारे कांग्रेसका मान्छे पनि खुसी छन् । विकासको लहरसँगै उनीहरु पनि कम्युनिस्टमा नै आउनेछन् । जनताले पहिलो पटक लामो समयसम्म वामपन्थी सरकार पाउने छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group