विराटनगर, २० असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।
प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा९एमाले०का विनोद ढकालले छ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपप्रमुखको पदमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, नेकपा ९माओवादी केन्द्र०की नमिता न्योपानेले तीन हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौंधरीले तीन हजार ७३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्