ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकाशियो तरकारीको मूल्य, सरकारी अनुगमन फितलो हुँदा विचौलियाको मनलाग्दी!!(भिडियोसहित)


admin
पुस १०, २०७६ बिहीबार  २ : २३ बजे

काठमाडौं, १० पुस । बजारमा तरकारी मुल्य चुलिदो छ । माग र आपूर्तिबीच सन्तुलन छैन । आन्तरिक उत्पादनले बजार माग धान्न मुश्किल छ । मुलतः कृषि क्षेत्रमा उत्पादकत्व कमि मात्रै होइन, कृषिप्रति आकर्षण कमजोर छ । भएको उत्पादनको पनि उचित मूल्य पाउन सकेका छैनन् किसानले । तर, विचौलियाको मनलाग्दी छ । विचौलियाको मनलाग्दी रोक्न सरकारले सकेको छैन । मूल्य श्रृंखला अत्यन्तै असंगति छ । उत्पादन र बजारको सहजीकरण राज्यले गर्न नसक्दा कृषकले मूल्य पाएका छैनन् । उपभोक्ता चर्काे मूल्य तिर्न बाध्य छन् ।

किसानको बजार पहुचको अभावमा विचौलियाले खेल्ने अवसर मिलेको छ । विचौलीयाहरुले बढी नाफा लिइरहेका छन् । किसान मूल्य पाउन सकेका छैनन् । बजारमा कृषकको मुल्य निर्धारणमा पहुच नहुनु र उपभोक्ताले सही मूल्य नपाएको सरकारी अधिकारीहरु स्विकार्छन् ।चालु आर्थिक वर्षमा विगतको यही अवधिको तुलनामा तरकारीको मूल्य आकाशिएको छ । मल बीउ सिचाई कृषि श्रमिक उचित मूल्यको बजारको अभावमा उत्पादन गिर्दाे छ । आन्तरिक उत्पादन नै कमि भएकोले किसानबाटै तराकारी आउदा यो समस्या आएको व्यापारहिरुको आफ्नै तर्क छ ।

न्यूनतम आधारभुत विषयमा सरकारले अनुगमन गर्न नसक्नुको साथै कृषि क्षेत्रमा सरकारी लगानीले प्रतिफल दिन नसक्दा तरकारीको मूल्य पनि छोइ नसक्नु भएको छ । एकातिर खेत बाझिदै जाने युवा खाडी पुग्ने र सरकराी लगानी बालुवामा पानी हालेसरी बन्दा नेपालको कृषि उपजको आम उपभोक्ताले सुहाउदो मूल्यमा पाउन समेत कठिन बन्दै गएको छ । यसर्थ कृषि मन्त्रालयदेखि आपूर्ति मन्त्रालयसंग जोडिएका जिम्मेवार निकायहरुले उत्पादन र अनुगमनलाई कडाइका साथ अघि बढाउन सकेमा मात्रै बजारमा भइरहैको विचौलियाको मनलाग्दी अन्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com