ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरुष मतदाता भन्दा महिला धेरै


admin
असार १२, २०७४ सोमबार   २ : २१   बजे

रोल्पा, १२ असार । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्लामा कुल मतदान स्थल ८० तथा मतदान केन्द्र १५४ रहेका छन् भने कुल मतदाता सङ्ख्या एक लाख १७ हजार २६१ रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । महिला मतदाताको सङ्ख्या ६० हजार ४७५ तथा पुरुष मतदाताको सङ्ख्या ५६ हजार ७८६ रहेको छ । पुरुष भन्दा महिला मतदाताको सङ्ख्या तीन हजार ६८९ बढी रहेको छ ।

अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका कारण महिला मतदाताको सङ्ख्या बढी भएको हो । जिल्लामा चुनावी प्रचारप्रसारमा समेत महिला र बालबालिकाको प्रयोग बढी भएको पाइएको छ ।

सदरमुकाम लिवाङस्थित बालमन्दिरका दुईवटा मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । महिलामैत्री मतदान केन्द्र बनाउन सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी खटाइएको बताइएको छ । निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीलगायतको टोली मतपेटिकासहित पुगिसकेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

मतदान केन्द्रबाट आइतबारदेखि नै मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । निर्वाचनका लागि तीन हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group