ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा चुवानी अभियान तीव्र


admin

राजविराज, २८ कात्तिक । यही अगामी मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीका राजनीतिक दल अहिले चुनावी प्रचारप्रसार सक्रिय छन् ।

निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता अहिले शहरी तथा ग्रामीण क्षेत्रको चुनावी अभियानमा लागेको राजनीतिक दलका कार्यकार्ताको भनाइ छ ।

जिल्लाका मुख्य राजनीतिक दल नेपाली काँग्रेस, नेकापा (एमाले) (माओवादी केन्द्र) संयुक्त वाम गठबन्धन, राजपा –संघीय फोरम गठबन्धन र राष्ट्रिय प्रजातत्र पार्टी र स्वतन्त्र उम्मेदवारलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा लागेका हुन् ।

जिल्लामा स्वतन्त्रसहित १५२ उम्मेदवार अहिले चुनावी मैदानमा छन् । चुनावी मैदानमा होमिएका विभिन्न राजनीतिक दलमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले),माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन र राजपा–फोरम नेपालको गठबन्धनका नेता तथा कार्यकता र उम्मेदवार गाउँगाउँमा भोट माग्न व्यस्त छन् ।

वाम गठबन्धनले चुनवी अभियानलाई त्रिव्रता दिएको नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्योपानेले बताउनुभयो । सप्तरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा(एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धाबाट अशोक मण्डल, राजपा –फोरम गठबन्धनबाट डा सूर्यनारायण यादव र नेपाली काँग्रेसबाट रामदेद शाह उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै मधेसवादी दलका नेता तथा कार्यकर्ता गाउँघरमा चुनावी अभियानमा लागेको सप्तरी क्षेत्र नं २ (ख)बाट राजपाको तर्फ प्रदेशसभा सदस्यका उम्मेदवारी दिनुभएका मनिसकुमार सुमनले बताउनुभयो ।

खासगरी युवालाई चुनावी प्रचारप्रसारमा लागाइएको र उनीहरुले गाउँदेखि शहरका हरेका ठाउँमा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो । यस्तै वाम गठबन्धनले पनि सप्तरी क्षेत्र नं २ मा चुनावी अभियानलाई तीव्रता दिएको छ ।

यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री उमेशकुमार यादव र फोरम –राजपा गठबन्धनको तर्फबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँ दुवैजनालाई चुनावमा जिताउनुपर्ने अभियानमा वाम गठबन्धन र गठबन्धनका कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

त्यस्तै सप्तरी क्षेत्र नं २ मा आफ्नो पार्टीबाट टिकट नपाएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र जयप्रकास ठाकुरले पनि चुनावी अभियानलाई तीव्रता दिएको उम्मेदवार ठाकुरले बताउनुभयो ।

उहाँहरू दुवैजनालाई राजपा पार्टीबाट टिकट नदिएपछि अहिले स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । ठाकुर प्रतिनिधिसभा २ र यादव प्रदेशसभा २ को (ख)बाट चुनावी मैदानमा प्रतिस्पर्धी बन्नुभएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दिनेश यादव, वाम गठबन्धनका ताराकान्त चौधरी र संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका चन्द्रकान्त चौधरी चुनावी मैदानमा हुनुहुन्छ भने निर्वाचन क्षेत्र नं ४ मा नेपाली कँंग्रेसका तेजुलाल चौधरी, वाम गठबन्धनका मो. इस्लाम, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनबाट मृगेन्द्रकुमार सिंह यादव पनि चुनावी मैदानमा हुनुहुन्छ ।

उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस समेत शुरु गरेका छन् ।

जिल्लाको विभिन्न ठाउँमा चुनावी अभियान तीव्र हुँदा जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुनेभन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवीको भनाइछ ।

दुई दाजुभाइ चुनावी मैदानमा 

यसैगरी, सप्तरी क्षेत्र नं ३ बाट दुई दाजुभाइले उम्मेदवारी दर्ता गराएर अहिले चुनावी मैदानमा उत्रनुभएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका– ५ पातो घर भएका चन्द्रकान्त चौधरी र उहाँकै भाइ ताराकान्त चौधरी यस पटक संगसंगै निर्वाचन लडनुभएको हो ।

एमालेका सक्रिय कार्यकर्ता तथा वाम गठबन्धनका ताराकान्तले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँलाई एमालेले यस पटक पनि पुनः प्रतिनिधिसभाको उम्मेदबार बनाएको र वाम गठबन्धनका उम्मेदबार उहाले पुनः निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै दाई चन्द्रकान्तले मधेशी गठबन्धनबाट उम्मेदबारी दिनुभएको छ । उहाँलाई राष्ट्रिय जनता पार्टी (राजपा) ले टिकट दिएको हो । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बन्नुभएका चन्द्रकान्त भने काँग्रेस पृष्ठभूिमका व्यक्ति भएको स्थानीयवासीको भनाइ छ ।

चौधरी दाजुभाइ लडेको यो क्षेत्रमा काँग्रेसबाट काँग्रेसका जिल्ला सभापति दिनेश यादव यो क्षेत्रको प्रतिनिधिसभाका लागि उम्मेदबारी दिनुभएको छ । यो क्षेत्रमा चौधरी दाजुभाइसहित तीनजना प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com