ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदान प्रक्रिया झण्झटिलो भएको मतदाताको प्रतिक्रिया


admin
कार्तिक २८, २०७४ मंगलबार   ३ : ४६   बजे

बेँसीशहर, लमजुङ, २८ कात्तिक । सोमबार अपराह्न फूलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भयो ।

मतदानका लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो । डोरी टाँगेर बनाइएको मतदान केन्द्रमा तीनवटा फरकफरक बक्साका साथै तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो ।

झट्ट हेर्दा लाग्थ्यो मंसिर १० गते आज नै हो । निर्वाचनका लागि खटिएका कर्मचारीले पालैपालो मतदातालाई मतदान गराइरहेका थिए । सर्वसाधारण पालैपालो मतदान गर्दै बाहिर निस्किएका थिए ।

मतपत्र खसालेका मतदाताले पहिलेको भन्दा अहिले निर्वाचन झण्झटिलो भएको प्रतिक्रिया दिए । नमूना मतदान गरेपछि सर्वसाधारणको यस्तो प्रतिक्रिया आएको हो । नमूना मतदानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न झण्झटिलो देखिएको उनीहरुले प्रतिक्रिया दिएका हुन् । मतदाताले मतपत्र लिन, छाप लगाउन र बाकसमा राख्न तीन–तीन पटकसम्म ओहोरदोहोर गर्नुपर्दा गर्दा झण्झटिलो भएको नमूना मतदान गर्नुभएकी बँेसीशहर निवासी सिर्जना श्रेष्ठले बताउनुभयो ।

“स्थानीय तह निर्वाचनमा पनि यस्तो झण्झट भएको थिएन” श्रेष्ठले भन्नुभयो “तीनवटा मतपत्रका लागि तीन पटक ओहोरदोहोर गर्नुपर्ने रहेछ ।” स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रक्षत्यतर्फ मतदान गर्न निकै सजिलो भएकामा समानुपातिकतर्फ भने धेरै चुनाव चिह्न भएकाले धेरै मतदाता अलमलिने बेँसीशहरकै सविता वाग्लेको भनाइ थियो ।

“प्रक्षत्यतर्फ त ठीकै हो, सजिलो लाग्यो” वाग्लेले भन्नुभयो “समानुपातिक मतपत्रमा त आँखा नै तिरमिराए, चिह्न भेट्टाउनै मुस्किल पर्ने रहेछ ।” नमूना मतदान गर्नुभएका बेँसीशहरकै सिराज मियाले पनि समानुपातिकमा अलिक बढी समय लाग्ने जानकारी दिनुभयो । “समानुपातिक मतपत्र ठूलो र चिह्न धेरै हँुदा अलिक अलमलिदो रैछ” मियाले भन्नुभयो “आफूले खोजेको चिह्न देख्नै समय लाग्यो ।”

निर्वाचन आयोगले एउटा मतदाताले दुई मिनेटमा सबै मत हाली सक्ने समय आँकलन गरेको छ । प्रक्षत्यतर्फको मतपत्रमा थोरै चुनाव चिह्न भएकाले समय नलाग्ने तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले मतदातालाई बढी समय लाग्नसक्ने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाको भनाइ छ । “प्रक्षत्यमा समय लाग्दैन” तिमिल्सेनाले भन्नुभयो “समानुपातिकमा मतपत्र ठूलो भएकाले केही बढी समय लाग्न सक्छ ।”

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी जिल्ला निर्वाचन कार्यालयले बेँसीशहरमा नमूना मतदान गराएको हो । बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको उत्त कार्यालयले जनाएको छ । बेँसीशहरसहित सुन्दरबजार, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा नमूना मतदान गराउन थालिएको छ । नमूना मतदानको क्रममा केही मतदाताले स्थानीय तहको निर्वाचन झै एकै लाइनका एकभन्दा बढी चिह्नमा मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

नमूना मतदानमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देललगायत कार्यालय प्रमुख, जिल्लाका सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group