ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतपरिणाम : कुन पार्टी कुन-कुन स्थानमा विजयी भए ? [अपडेट]


admin

काठमाडौं २० असार । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको मतगणना अहिले धमाधम हुँदैछ, ढिलै भए पनि मत परिणाम आउने क्रम अन्तिम चरणमा छ ।
असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना बिहीबारदेखि सुरू भएको हो।

कुन पार्टी कहाँ विजयी भए ? हेर्नुहोस :
आज अपराह्न ३ ः ३० बजेसम्मको मतगणनाअनुसार नेकपाएमाले एक हजार १२४, नेपाली काँग्रेस १०७, नेकपा ९माओवादी केन्द्र० ३६, सङ्घीय समाजवादी फोरम नेपाल छ , मधेसी जनअधिकार फोरम नेपाल पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार एक स्थानीय तहका प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १४५, काँग्रेस ९१, माओवादी केन्द्र ३६, फोरम पाँच, नेपाल लोकतान्त्रिक फोरम तीन तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

हाल १० जिल्लाका ४६ स्थानीय तहमा मतगणना भइरहेको छ भने चार स्थानीय तहमा मतगणना स्थगन भएको छ । धरान नगरपालिका– ९ को मतगणना समाप्त भएपछि जोड्ने क्रममा विवाद भएको तथा झापाको अर्जुनधारा– २ मा एक थान पत्र नपुगेकामा विवाद भई मतगणना रोकिएको जनाइएको छ ।

त्यस्तै उदयपुरको बेलका नगरपालिकामा खसेको मत सङ्ख्याभन्दा तीन मत बढी भएको तथा कञ्चनपुरको पुनर्वास नगरपालिका– १ मा उप्रमुखको खसेको मतभन्दा ११२ मत बढी भएका कारण विवाद उत्पन्न भई मतगणना स्थगन भएकामा सर्वदलीय बैठकबाट सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ । दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com