ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा संगठनात्मक सक्रियता नहुंदा सचिवालय एकलौटी चल्दै (भिडियोसहित)


admin

 

काठमाडैं, २५ मंसिर  । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सक्रियता अब सतहमा देखिने गरी बढ्न थालेको छ । नेकपा सचिवालयले पार्टी एकताका कामलाई छिट्टै सक्नेगरी सक्रियता देखाएसंगै पार्टी जीवनको त्राण धानेर बसेका नेता कार्यकर्ता र समर्थक सुभचिन्तकहरुमा आशा बढेको छ । एक वर्ष पछि पार्टी स्थायी कमिटीको बैठक आह्वान गरिनुले अब पोलिटब्यूरो समेत गठन हुने र केन्द्रीय कमिटी चलायमान हुने अनुमान गर्न सकिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को संगठनात्मक सक्रियता केही दिन यता बढ्न थालेको छ । पार्टीको सचिवालय बैठक नियमित बस्न थालेको छ भने झण्डै एकवर्ष पछि अर्थात, मंसिर २९ गतेका लागि स्थायी कमिटि बैठक समेत बस्न लागेको छ । । पछिल्लो समय पार्टी एकताको बाँकी कामलाई पूणर्ताका लागि पनि सक्रियता बढेको देखिएको छ । पार्टी एकिकरणको यति लामो समय भइसक्दा पनि पार्टी एकिकरणका सबै प्रक्रिया नसकिँदा नेकपा वास्तवमै जीवनविहीन पार्टी जस्तै बनेको थियो । पार्टीमा संगठनात्मक सक्रियता नहुंदा नेता कार्यकर्ताहरु सिर्जनशिल बन्न सकेनन भने त्यसको सोझो प्रभाव मंसिर १४ गतेको उपनिर्वाचनमा समेत पर्यो । उपनिर्वाचनमा सिटमा तलमाथि नभएपनि नेकपाले सोचे अनुरुपको सफलता नपाउनु र पकड क्षेत्रसमेत गुमाउनुलाई नेकपा नेताहरुले पार्टी जनस्तरसम्म पुग्न नसक्नु र पार्टी एकिकरण प्रक्रियालाई पुरा गर्न नसक्नुलाई लिएका छन् । यद्यपी यसको औपचारिक छलफल भने आगामी सचिवालय र स्थायी कमिटीको बैठकमा हुनेछ ।

सोमबारको सचिवालय बैठकले अघिल्लो वर्ष बसेको स्थायी कमिटीको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधनहरु गरेको छ । त्यो संशोधनका विषयमा स्थायी कमिटीको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरुलाई पनि आधार बनाई संशोधन प्रस्ताव तयार गरिनेछ बताइएको छ । यद्यपी यो प्रस्ताव स्थायी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने छ । नेकपाले उपनिर्वाचनको रिपोर्ट मंसिर २७ गतेसम्ममा केन्द्रसम्म पठाउन सम्बन्धित तहलाई निर्देशन समेत गरेको छ । विभिन्न केन्द्रीय निकाय र आयोगको गठनका लागि पार्टी महासचिवलाई तयारी गर्न लगाइएको छ । सचिवालयको आगामी बैठक मंसिर २७ गते बोलाइएको छ । मुख्य कुरा एक वर्षपछि पार्टीको स्थायी कमिटीको बैठक मंसिर २९ गते बोलाइएको छ । यसले पार्टी र सरकारका कामको समिक्षा गर्दै पार्टीलाई अगाडी बढ्न मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

पार्टी विधानमा स्थायी कमिटीको बैठक ३/३ महिनामा बस्ने भनिए पनि एक वर्ष पछि बस्न लागेको छ । एक वर्ष अघि बसेको स्थायी कमिटीको बैठकका कुनैपनि निर्देशन र सुझाव कार्यान्वयन हुन नसकेको भन्दै स्थायी कमिटी सदस्यहरु असन्तुष्ट बनेका छन् । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको परामर्श पछि बसेको सचिवालय बैठममा अब तीन तीन महिनामै स्थायी कमिटी बस्ते प्रतिवद्धता जनाएका छन् । त्यसो त, अघिल्लो बैठकमा अधिकांश नेताहरुको पार्टी नेतृत्व र सरकारको कार्यशैलीप्रति तिव्र असन्तुष्टि थियो । एकिकरणका कामहरु समेत सुस्त गतिमा भए । त्यसैले अब बस्ने स्थाययी कमिटी बैठकमा सरकारको कामको प्रभावकारीता, सरकार सञ्चालनमा पार्टीको भुमिका र नेताहरुको जिम्मेवारीकै विषयमा बैठक केन्द्रीत हुने जिकिर गर्छन् नेताहरु ।

त्यसो त, केन्द्रीय कमिटीको बैठक हालसम्म एकपल्ट पनि बस्न सकेको छैन । स्थायी कमिटीको भुमिकालाई बलियो बनाउन स्थायी कमिटी सदस्यहरुको माग थियो । तर सचिवालय एकलौटी चलेको भन्दै यसमा असन्तुष्टि कायमै छ । पार्टीको महत्वपूर्ण अंग पोलिटब्यूरोको गठन अझै हुन सकेको छैन । सचिवालयको कयौँ निर्णयहरुमा अझैपनि त्रुटि रहेको भन्दै त्यसलाई नेताहरुले सच्याउन माग गरिरहेका छन् । आगामी स्थायी कमिटी बैठकमा यी सबै विषयमा छलफल हुने नेताहरुले अपेक्षा गरेका छन् । लामो समयपछि बस्ने बैठकसँग नेता, कार्यकर्ताको अपेक्षा त हुन्छ नै तर यो बैठकले नयाँ योजना, ल्याउने भन्दा पनि पुरानै एजेण्डाको कार्यान्वयनमा समेत ध्यान पुराउन आवश्यक छ । एकता प्रक्रिया सक्नु आवश्यकता छ भने संगठनलाई चलायमान र गतिशिल बनाउनुपर्ने छ । नेकपाको अबको यात्रा यस्तै सुस्त गतिमा रहन्छ अथवा तिव्र गतिमा अघि बढ्छ, आगामी बैठकले संकेत गर्ने नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com