ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनअभिमतलाई स्वीकार गर्न नसक्दा,पूर्व इखमा पार्टी नेताहरु (भिडियोसहित)


admin

काठमाडौं,  १७ मंसिर । उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भैसकेको छ । तर, निर्वाचन परिणामको राप र ताप भने राजनीतिक बजारमा अझै केही दिन रहने देखिन्छ । निर्वाचन परिणामले दिएको संकेत दुई वर्ष पछि हुने स्थानीय, प्रदेश र संघको निर्वाचनमा कत्तिको पर्छ भन्ने विषय नै अबको मुख्य विश्लेषण बन्ने देखिन्छ । जनअभिमतलाई स्वीकार गर्न नसक्दा, गुट उपगुट र पूर्व इखमा पार्टी नेताहरु केन्द्रित हुंदा निर्वाचन परिणाम आफ्नो पकड क्षेत्रबाट गुम्दछ भन्ने सन्देश पनि उपनिर्वाचनले दिएको छ ।

२०७४ को संघीय नेपालको पहिलो निर्वाचनमा देखिएको उत्साह र सोही अनुसारको परिणाम दिन सकेन, उपनिर्वाचनले सत्तारुढ नेकपालाई । कमजोर प्रतिपक्षसंगको चुनावी भीडन्त र अन्य दलहरुको अस्तव्यस्तताबीच पनि दर्विलो गरि उभिन नसक्नु नेकपाका लागि गम्भीर पेचिलो प्रश्न हो । सत्तारुढ दलले जनजिविका लगायतका महत्वपूर्ण सवालमा उठ्न नसक्नु, नेतृत्व गलत पात्रहरुको घेराबन्दीको भुलभुलैयामा पुग्नु, स्थानीय नागरिकले रुचाएको उम्मेदवार भन्दा एकतापछि पनि गुट र समूहका नाममा उम्मेदवार बा“ड्ने गलत नजिरले बलियो जनाधारमा पनि नेकपाले धक्का खानुपरेको छ ।

शनिवार सम्पन्न उपनिर्वाचनाको मतगणना अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । । ३७ जिल्लाका ५२ रिक्त पदका लागिभएको मतदानको अन्तिम परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्रस्थान बनाएको छ भने दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नै रहेको छ । उपनिर्वाचनको मतपरिणाम अनुसार नेकपा ३० स्थानमा कांग्रेस १३ स्थानमा बिजयी समाजवादी ४ एक स्थानमा स्वतन्त्र उमेद्धवार बिजयी भएको छन । नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउपालिका अध्यक्ष ३, गाउपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेको छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाको मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ । उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाका कतिपय किल्ला तोडिएका छन । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपाले जित हासिल गरेको छ भने नेकपाका लागि किल्ला सरह रहेको धरान उपमहानगपालिका, भक्तपुर १ ख र ६ वडामा कांग्रेस विजयी भएको छ । नेकपा बलियो रहेको स्थानमा कांग्रेसको अग्रताले आगामी दिन नेकपाका लागि सहज छैन भन्ने प्रष्ट सन्देश दिएको छ ।

परिणाम हेर्दा उपनिर्वाचनको नजिता रोचक बनेको छ । पा“च वर्षका लागि चुनिएको केपी शर्मा ओली नेतृत्वको नेकपाकै सरकार बनेको झण्डै २ वर्ष मात्रै पुग्दा जनताले आफनो मत परिर्वतन गर्न थालेको छन् । यसले अब दुई वर्ष पछि हुने स्थानीय निर्वाचन र ३ वर्ष पछि हुने संघ तथा प्रदेशको निर्वाचनका लागि केही लक्षण समेत केही देखाउन खोजीरहेको छ ।

हुन त निर्वाचनमा कांग्रेस र नेकपाको विजयी संख्याले त्यति तात्विक अन्तर गर्दैैैन । तर, दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेको, दुई वटा शक्तिशाली पार्टी मिलेर बनेको नेकपाका लागि भने पक्कै पनि खतराको घण्टी बज्न थालेको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, पार्टीका नेता तथा कार्यकर्ताहरु जनताबाट कट्दै गएको र पार्टी एकताको सन्देश समेत आम जनतामा सहज प्रवाहित गर्न नसकिरहेको अवस्थामा भएको निर्वाचनले नेकपालाई चेतावनी पनि दिएको छ । आम जनताको मत छोटो समयमै फेरबदल जस्तो देखिनुले आगामी निर्वाचन सहज छैन की भन्ने आशंका गर्न थालिएको छ ।

मिनी निर्वाचनको रुपमा हेरिएको उपनिर्वाचनको तरङ्ले सत्तापक्षले अपेक्षा गरे अनसुार मत प्राप्त गर्न सकेको देखिएन । बरु, प्रतिपक्षी कांग्रेसल पपुलर मत बढाउन सकेको छ । इतिहासकै सबैभन्दा कमजोर प्रतिपक्षको अवस्थामा रहेको कांग्रेसले गुट उपगुट भन्दा पार्टीलाई केन्द्रमा राखेर सशक्त प्रतिपक्षी बन्न सक्यो भने अर्को निर्वाचनमा सत्ताको दुरीलाई कम गर्न सक्ने देखिनछ । शक्तिशाली र स्थिर सरकार सहित सत्तामा रहेको नेकपाको लागि उपनिर्वाचनको नतिजा गम्भिर भएर सिक्ने मौकाको रुपमा पनि हेरिएको छ । दुई पार्टिको एकतापछि बलियो भनिएको नेकपाले आफनो पकड क्षेत्रमै हार बेहोर्नुले कतै जनतामा निराशाको अनुभूति हुन लागेको त होइन भन्ने चुनौती थपिएको छ ।

उपनिर्वाचन अघि अल्लि बढी नै चुरीभूरी गर्दै आएका अन्य नयां पार्टीहरुलाई भने जनताले रुचाएको देखिएन । जनताले यसपटक पनि नेपालमा धेरै राजनीतिक दलको अपेक्षा गरेनन् । सत्तारुढ नेकपालाई उपनिर्वाचन उपलब्धी भन्दा पनि आगामी निर्वाचनका लागि गतिलो सबक देखिएको छ भने कांग्रेसका लागि आन्तरिक किचलो मत्थर पार्न सके आशावादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com