ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसा न्यूनीकरणमा प्रश्न चिन्ह खडा, कार्यान्वयन पाटो फितलो बन्दै (भिडियोसहित)


admin
मंसिर १७, २०७६ मंगलबार  १ : २२ बजे

काठमाडौं, १७ मंसिर । देशैभर लै¨िक हिंसाविरुद्धको अभियान चलिरहदा महिला हिंसाका घटना पनि सार्वजनिक भईरहेका छन् । महिला, किशोरी तथा बालिका बलात्कार, बेचबिखन र घरेलु हिंसाको शिकार बनिरहेका छन् । महिलाहिंसा न्यूनीकरणको लागि महिलाको आर्थिक सक्षमता वृद्धिस“गै महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको अधिकारकर्मी बताउंछन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । देशव्यापी रुपमा अभियान जारी हु“दै गर्दा पनि महिला हिंसा भने रोकिएको छैन । ओखलढुंगाको मेलुङ गाउ“पालिकामा आफ्नै हजुरबुवाबाट बलात्कारको शिकार बन्न पुगेकी एक नातिनीको खबर बाहिर आएको छ । गत साउनमा बालिकाको घरमा कोही नभएको अवस्थामा ५८ वर्षिय हजुरबुवाले १५ वर्षिय सुस्तमनस्थिती अवस्थाका नातिनीलाई वलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको हो । बालिकाको पेट अस्वभाविक रुपमा फुलेपछि उनका अभिभावकले सोधपुछ तथा स्वास्थ्यउपचार गर्ने क्रममा बालिका २३ हप्ताको गर्भवती रहेको भेटियो । महिला तथा बालबालिका हिंसाका यस्ता घटना घट्दो क्रममा नहुनु चिन्ताको विषय हो । बरु महिला, किशोरी तथा बालिकालाई समाजले अझै पनि दोस्रो दर्जाको रुपमा हेरिरहेको महिला अधिकारकर्मी बताउ“छन् । समाजमा कुनै मूल्य र मान्यता नरहेका कारण महिलाहरु अनेकौं चपेटामा परिरहेको उनीहरुको भनँई छ ।

त्यसो त, अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । तर, यही बीचमा महिला हिंसाका घटना झन सार्वजनिक भएका छन । गत आइतबार राती सुदुरपश्चिम प्रदेशको अछामको सा“फेबगर नगरपालिका ३ सिद्धेश्वरकी २१ वर्षिय युवती पार्वती रावतको छाउगोठमा मृत्यु भयो । महिनावारी भएर छाउगोठमा बसिरहेका रावतले चौथो दिनमा आफ्नो ज्यान् गुमाईन् । अछामको छाउगोठमा मात्रै अहिलेसम्म १४ महिलाले ज्यान गुमाईसकेका छन् । सोमबार उदयपुरकी सुस्मिता भनिने सुस्मा आचार्यको सुत्केरी व्यथा लागेपछि मृत्यु भयो । तर उनका श्रीमान् भने बेपत्ता भएका छन् ।

यी प्रतिनिधि घटना मात्रै हुन । यस्ता घटना अरु पनि भैरहेका छन् । सामाजिक कुरीति, स्वास्थ्य सुविधाको पहु“चको अभाव एवम् पारिवारिक अपहेलनाका कारण ज्यान गुमाएका यी महिलाहरुले न्यायप्राप्ती त परको कुरा, मृत आत्माले शान्ती पाउने विषयमा पनि प्रश्न चिन्ह खडा भएको छ । घर, समाजमा महिलाहरुको आत्मसम्मानका साथ बा“च्न पाउने अधिकारको सुनिश्चितताको लागि महिला स्वयम् सक्षम हुनुपर्ने अधिकारकर्मीहरु बताउ“छन् ।

त्यसो त, महिलाहिंसा न्यूनीकरण एवम् लैंगिक समानताका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै विभिन्न पहलहरु भने नभएका हैनन् । तर व्यवहारतः कार्यान्वयन फितलो अवस्थामा छ । संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्ध दिवसको रुपमा मनाउने निर्णय पनि गरेको छ । तरपनि, विभिन्न अध्ययनअनुसार विश्वका ३ महिलामध्ये १ महिलाले आफ्नै निकटका विश्वासपात्र, प्रेमी वा जीवनसाथीबाट नै कुनै न कुनै प्रकारको हिंसा भोगिरहेका हुन्छन् र ३५ प्रतिशत महिलाहरुले आफ्नै जीवनकालमा शारीरिक वा यौनजन्य हिंसाको शिकार बनिरहेका छन् । र यसको उदाहरण हाम्रै देशमा पनि छ्याप छ्याप्ती छन् । महिला हिंसा रिुद्धको १६ दिने अभियान चलिरह“दा पनि महिला हिंसाका घटनाहरु बाहिरिरहेका छन् । तसर्थ, महिला, किशोरी तथा बालिकामाथी हुने हिंसा न्यूनीकरणका लागि राज्यको नेतृत्वदायी भूमिकामा महिलाको पहु“च बढ्नुपर्ने पनि अधिकारकर्मीहरु बताउ“छन् ।

हिंसा र अपराधमा संलग्नलाई प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नुको एउटा उदाहरण कञ्चनपुरकी निर्मला हत्या प्रकरण पनि हो । २०७५ साउन १० मा बलात्कार पनि हत्या गरिएकी निर्मलाको परिवारले अझै न्याय पाउन सकेको छैन । बरु, उनका परिवार तनावग्रस्त जीवन बिताउन बाध्य भईरहेका छन् । तसर्थ, महिला हिंसा न्यूनीकरण एवम् अन्त्यका लागि ठूला–ठूला कानुन निर्माण गरेर मात्रै होइन, व्यवहारतः महिलाप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com