ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाताको माग हुलाकी राजमार्ग र नदी नियन्त्रण


admin

भद्रपुर, २६ कात्तिक ।  आर्थिक, सामाजिक र राजनीतिकरुपमा सबैभन्दा पिछडिएको झापाको निर्वाचन क्षेत्र नं ४ का मतदाताले उम्मेदवारसँग हुलाकी राजमार्ग निर्माण र नदी नियन्त्रणको माग गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा कुमरखोद, टाघनडुब्बा, झापा बजारलगायत पर्दछन् । सीमावर्ती भारतीय बजार दीघलबैंकसँग जोडेर सडक निर्माण गरी सरकारले भन्सार कार्यालय स्थापना गर्नसके उत्तः क्षेत्रमा व्यापार व्यवसाय बढ्ने स्थानीय व्यापारी मनोज गणेश बताउनुहुन्छ ।

आदिवासी, जनजाति, पिछडा वर्ग, मुस्लिम जातिको बाहुल्यता रहेको सो क्षेत्रमा गरिबी व्याप्त छ । कन्काई, बिरिङ र सानो माइमा वर्षेनी आउने बाढी र त्यसबाट हुने कटानका कारण किसानले धनजनको नोक्सानी व्यहोदै आएका छन् । स्थानीयवासीले कटान रोकथामको पहल गर्न यहाँ प्रचारप्रसारका लागि आउने विभिन्न दलका उम्मेवारसँग माग गरिरहेका छन् ।

“हाम्रा प्रमुख माग यिनै हुन्,” झापा गाउँपालिका–४ की लखी गणेशले भन्नुभयो । बाढीले खेत कटान, बालीनाली नष्ट र सडक बाटो तथा पुलपुलेसा बगाउने गरेको छ । बाटोको असुविधाका कारण आगलागी भएको अवस्थामा समयमै बारुणयन्त्र पु¥याउन कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

बाढीबाट अत्यधिक जोखिम व्यहोरिरहेका टाघनडुब्बा र कुमरखोदका बासिन्दासँग तीन वटा नदीको जलाशयले टापुमा बस्नुपर्ने पीडा छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले यी मागसँगै बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने उम्मेदवारसँग माग गरिरहेका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ काँग्रेसका देउमान थेवे, वाम गठबन्धनका तर्फबाट एमालेका लालप्रसाद (एलपी) सावासहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभा ‘क’ मा काँग्रेसका किरण भट्टराई, वाम गठबन्धनबाट माओवादी केन्द्रका झलकबहादुर मगरसहित छ जना, तथा प्रदेशसभा ‘ख’ मा काँग्रेसका उत्तमकुमार शर्मा (सुवेदी), वाम गठबन्धनबाट एमालेका हीराकुमार थापासहित ११ जना उम्मेदवार मतदातामाझ प्रचारप्रसार, कोणसभा र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यस क्षेत्रमा काँग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । झापा गाउँपालिका, गौरादह नगरपालिका– ९, गौरीगञ्ज गाउँपालिका– १ र २, कन्काइ नगरपालिका– १, २, ३, ४, ५, ६ र ७ तथा शिवसत्ताक्षी नगरपालिका रहेको यस क्षेत्रमा कूल एक लाख नौ हजार ४०१ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com