ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवार समुदायमा प्रचलित साँस्कृतिक लाखेनाच लोप हुने खतरा बढ्दै(भिडियोसहित)


admin
मंसिर १३, २०७६ शुक्रबार  २ : २४ बजे

काठमाडौं, १३ मंसिर । कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले संखुवासभाको चैनपुरमा लाखेनाच प्रतियोगितामा गरिएको छ । शनिबार देखी शुरु भएको १ नम्बर प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।नेवार समुदायमा प्रचलित साँस्कृतिक लाखेनाच लोप हुदै गइरहेको अवस्थामा यसको संरक्षण र सम्वद्धन गर्ने उदेश्यले १ नम्बर प्रदेश भित्रका सबै नेवार समुदायको सहभागीता होस भनेर नै प्रतियोगिताको आयोजना गरिएको रञ्जन श्रेष्ठले जानकारी दिए ।

जातीय पहिचानको रुपमा रहेको लाखेनाच लोप हुने क्रममा रहेको छ । नेवार समुदायका सरोकारवालाहरु यसको संरक्षण र सम्बद्धनमा एकजुट भएका छन् । अघिल्लो पुस्ताले संरक्षण नगर्ने हो भने पछिल्लो पुस्ताहरुमा लोप भएर जाने खतरा बढेको नेवार समुदायका अगुवाहरु बताउ“छन् । लाखेनाचको संरक्षण गर्नका लागि अघिल्लो बर्ष उदयपुर जिल्लामा प्रदेश स्तरीय नै लाखेनाचको आयोजना गरिएको थियो । जातीय संस्कृति जोगाउनुका लागि नै यो बर्ष चैनपुरमा आयोजना गरिएको र संस्कृति जगेर्नाका लागि तेह्रथुमबाट सहभागीता जनाउन चैनपुर आइपुगेको नेवाः देय दबु तेह्रथुमका जिल्ला अध्यक्ष शुभभगत प्रधानाङ्ग बताउछन् ।

लाखेनाच बच्चा देखी बुढाबुढी सम्म सबैले माया गर्ने गरेको संस्कृति हो । नेवार समुदायमा मात्रै नभएर अन्य समुदायले समेत अत्यन्तै रुचाउने गर्दछन् । त्यसैले विभिन्न ठाउ“हरुमा पर्यटकहरुलाई आकर्षित गर्न पर्व र महोत्सवहरुमा समेत लाखेनाच नचाउने गरिएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस्तो कार्यक्रमले यस क्षेत्रको मात्रै नभएर समग्र संखुवासभाको पर्यटन विकासमा एउटा इटा थप्ने सरोकारवालाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com